१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको भूमिमा व्यापार मार्ग खोल्नु देश जनताको लागि दुःखको कुराः सांसद ढुंगाना



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबीचको सम्झौता दुःखद् भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्म्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद् भएको बताउनु भयो । उहाँले यसबारे सरकारले कुटनीतिक नोट लेख्नुपर्ने बताउनु भयो । नेपालको भूमिको प्रयोग नेपाललाई नसोधी गर्नेकुरा सह्या नहुने बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै चीन र भारतको भ्रम्ण गर्न लाग्नुभएको उल्लेख गर्दै कुटनीतिक तवरले समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हालै चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्म्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गरे । यो नेपाल र नेपाली जनताका लागि धेरै नै दुःखद् कुरा हो । यसका बारेमा यो भन्दा पहिला पनि भारतका प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीले यो लिपुलेक, लिम्पियाधुरा र कालापानीमा व्यापार सम्झौता गरेका थिए । तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोईरालाले नोट लेखेरै भारतलाई यो त्रिपक्षिय ठाउँ हो । यो नेपालको भूमि हो । नेपाललाई नसोधी जुन किसिमको सम्झौता गर्नुभयो, त्यसको विरोध गर्दछौँ भनेर भनेका कुराहरु अहिले पनि म बिर्सिन्न । नेपाल सरकारले आफ्नो नक्शा पनि निकालीसकेका छौँ, प्रधानमन्त्रीज्यु चीन पनि र भारत पनि जाँदै हुनुहुन्छ । आफ्ना कुराहरु कुटनीतिक तवरले राख्नुहोला ।’

सांसद ढुंगानाले नेपाली जनताले सोचेअनुसारको संघीयता देशमा चल्न नसकेको बताउनु भयो ।