३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना देशहरूलाई हेप्ने भारत–चीनको प्रवृत्तिविरुद्ध दृढ भएर उभिनुपर्छः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबीच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपालले प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई ठूला छिमेकी देशहरूले साना देशहरूलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपालले दृढतापूर्वक उभिनुपर्ने आवश्यकता बताउनु भयो । उहाँले सीमा व्यापार सम्झौताले नेपालको सार्वभौमिकतामाथि चोट पु¥याएको उल्लेख गर्दै कुटनीतिको माध्यमबाट उक्त समस्या समाधान गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।

भट्टराईले पश्चिम क्षेत्रमा काली नदीलाई आधार मानेर गरिएका पुराना सम्झौता अझै कायम रहेको स्मरण गर्दै ती सम्झौताका कार्यान्वयनमा भारतले बारम्बार अवरोध सिर्जना गर्दै आएको आरोप लगाउनुभयो । उहाँले भारतले सैनिक फिर्ता नगरेको र नेपालको नक्सामा समेटिएको भूभागलाई भारतले समेत आफ्नै नक्शामा देखाएको विषय गम्भीर भएको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यो विषयमा गम्भीर छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘भारत र चीन सरकारले गरेको सीमा व्यापार सम्झौताको हामीले विरोध गर्नुपर्छ । उनीहरुको साना देशहरुलाई हेप्ने जुन प्रवृत्ति छ । त्यो प्रवृत्तिको विरुद्धमा हामी जानुपर्छ । पहिले पनि यस्तो सम्झौता गरिएको थियो । त्यतिबेला सरकारले कुटनीतिक नोटहरु पठायो । र त्यो रोकिएको पनि थियो । अहिले फेरि यो काम शुरु भएको छ । नेपालको भूभाग पश्चिममा काली नदि मानेर गरिएका सम्झौताहरु कायमै छन् । ती सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा अवरोध सिर्जना गर्ने र बेला बेलामा हस्तक्षेप गर्ने काम भएको छ । भारतले सैनिक फिर्ता नलैजाने र हामीले नेपालको नक्सामा समेटेपछि भारतले पनि आफ्नो नक्सामा समेट्यो । प्रधानमन्त्रीको भ्रमणको समयमा त्यस विषयलाई जोडतोडका साथ उठाएर समाधानको बाटोमा लैजानुपर्छ ।’

उहाँले इतिहासको विभिन्न कालखण्डमा भएका सन्धि, सम्झौताको आधारमा समेत महाकालीमाथिका तीन गाउँ लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुभयो ।