४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

साना देशहरूलाई हेप्ने भारत–चीनको प्रवृत्तिविरुद्ध दृढ भएर उभिनुपर्छः एमाले

साना देशहरूलाई हेप्ने भारत–चीनको प्रवृत्तिविरुद्ध दृढ भएर उभिनुपर्छः एमाले
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबीच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपालले प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई ठूला छिमेकी देशहरूले साना देशहरूलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपालले दृढतापूर्वक उभिनुपर्ने आवश्यकता बताउनु भयो । उहाँले सीमा व्यापार सम्झौताले नेपालको सार्वभौमिकतामाथि चोट पु¥याएको उल्लेख गर्दै कुटनीतिको माध्यमबाट उक्त समस्या समाधान गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।

भट्टराईले पश्चिम क्षेत्रमा काली नदीलाई आधार मानेर गरिएका पुराना सम्झौता अझै कायम रहेको स्मरण गर्दै ती सम्झौताका कार्यान्वयनमा भारतले बारम्बार अवरोध सिर्जना गर्दै आएको आरोप लगाउनुभयो । उहाँले भारतले सैनिक फिर्ता नगरेको र नेपालको नक्सामा समेटिएको भूभागलाई भारतले समेत आफ्नै नक्शामा देखाएको विषय गम्भीर भएको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यो विषयमा गम्भीर छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘भारत र चीन सरकारले गरेको सीमा व्यापार सम्झौताको हामीले विरोध गर्नुपर्छ । उनीहरुको साना देशहरुलाई हेप्ने जुन प्रवृत्ति छ । त्यो प्रवृत्तिको विरुद्धमा हामी जानुपर्छ । पहिले पनि यस्तो सम्झौता गरिएको थियो । त्यतिबेला सरकारले कुटनीतिक नोटहरु पठायो । र त्यो रोकिएको पनि थियो । अहिले फेरि यो काम शुरु भएको छ । नेपालको भूभाग पश्चिममा काली नदि मानेर गरिएका सम्झौताहरु कायमै छन् । ती सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा अवरोध सिर्जना गर्ने र बेला बेलामा हस्तक्षेप गर्ने काम भएको छ । भारतले सैनिक फिर्ता नलैजाने र हामीले नेपालको नक्सामा समेटेपछि भारतले पनि आफ्नो नक्सामा समेट्यो । प्रधानमन्त्रीको भ्रमणको समयमा त्यस विषयलाई जोडतोडका साथ उठाएर समाधानको बाटोमा लैजानुपर्छ ।’

उहाँले इतिहासको विभिन्न कालखण्डमा भएका सन्धि, सम्झौताको आधारमा समेत महाकालीमाथिका तीन गाउँ लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुभयो ।