१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday
Latest
अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ राष्ट्रसंघीय मानवअधिकार परिषदमा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्धनमा सधैँ प्रतिबद्ध छ मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु प्रधान सेनापतिद्वारा सेना दिवस-२०८१ को अन्तिम पूर्वाभ्यास निरीक्षण सम्पन्न मौलापुरको पतौराधाममा शिवपार्वतीको भव्य बरात यात्राको प्रभु साहद्धारा स्वागत सालकको खपेटा सहित चार जना पक्राउ नेपालका स्वार्थ समूहको चङ्गुलमा पर्दा इल्गा सम्मेलन विवादित, इल्गाकै सदस्य सहभागी हुनबाट वञ्चित स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं: मन्त्री पौडेल दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै काठमाडौँमा प्रदर्शन वर्तमान सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु



अ+ अ-

भैरहवा । नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको उनले बताए । उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माणको बाँकी काम अगाडि बढेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको हो ।

बन्दाबन्दीका कारण केही समय सुस्ताएको विमानस्थलको निर्माण नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै १० किलोमिटर पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइरहेको आयोजना प्रमुख अधिकारीले बताए । “विमानस्थलका लागि अझै ५० हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्छ, अब हामीले अरू स्थानीय पालिकाहरूबाट पनि ल्याउने पहल गरिरहेका छौँ,” उनले भने । धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सीसीटीभी, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत काम सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले २०२० मार्च ३१ सम्म सम्पन्न गर्ने अन्तिम म्याद पाएको थियो । नेपाली र चिनियाँ कामदारले आन्तरिक क्वारेन्टाइनमा बसेर निर्माण अगाडि बढाए पनि चीनबाट ल्याउनुपर्ने प्राविधिक उपकरण उतै रोकिएकाले निर्माण केही समय पछाडि धकेलिने निर्माण कम्पनीले जनाएको छ । धावन मार्गको लाइट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेयर बेल्ट मुख्य रूपमा आउन बाँकी उपकरण हुन् । अरू उपकरण ९५ प्रतिशत आइसकेका छन् ।

लाइट फिक्स्चरजस्ता उपकरण नेपाली प्राविधिकले जडान गर्नसके पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनुपर्छ । “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार र उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थल मार्ग वा सामुद्रिक मार्ग खुला हुनु जरुरी छ,” आयोजना प्रमुख अधिकारीले भने ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।
सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । निर्माण कम्पनीले मधेस आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चारपटक म्याद थपिसकेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो हुनेछ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ । गोरखापत्र दैनिक