२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु



अ+ अ-

भैरहवा । नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको उनले बताए । उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माणको बाँकी काम अगाडि बढेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको हो ।

बन्दाबन्दीका कारण केही समय सुस्ताएको विमानस्थलको निर्माण नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै १० किलोमिटर पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइरहेको आयोजना प्रमुख अधिकारीले बताए । “विमानस्थलका लागि अझै ५० हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्छ, अब हामीले अरू स्थानीय पालिकाहरूबाट पनि ल्याउने पहल गरिरहेका छौँ,” उनले भने । धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सीसीटीभी, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत काम सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले २०२० मार्च ३१ सम्म सम्पन्न गर्ने अन्तिम म्याद पाएको थियो । नेपाली र चिनियाँ कामदारले आन्तरिक क्वारेन्टाइनमा बसेर निर्माण अगाडि बढाए पनि चीनबाट ल्याउनुपर्ने प्राविधिक उपकरण उतै रोकिएकाले निर्माण केही समय पछाडि धकेलिने निर्माण कम्पनीले जनाएको छ । धावन मार्गको लाइट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेयर बेल्ट मुख्य रूपमा आउन बाँकी उपकरण हुन् । अरू उपकरण ९५ प्रतिशत आइसकेका छन् ।

लाइट फिक्स्चरजस्ता उपकरण नेपाली प्राविधिकले जडान गर्नसके पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनुपर्छ । “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार र उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थल मार्ग वा सामुद्रिक मार्ग खुला हुनु जरुरी छ,” आयोजना प्रमुख अधिकारीले भने ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।
सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । निर्माण कम्पनीले मधेस आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चारपटक म्याद थपिसकेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो हुनेछ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ । गोरखापत्र दैनिक