१९ असार २०८३, शुक्रबार
,
Latest
जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह



अ+ अ-

सर्लाही। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको बताएका छन् ।

सोमबार सर्लाहीको हरिपुरमा नेपाली काँग्रेस सम्बद्ध नेपाल मुस्लिम संघ मधेस प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले देशमा जब राष्ट्रिय संकट पर्छ तब काँग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यस पटक देशको संकट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको बताए ।

मन्त्री सिंहले मुस्लिम समुदायका महिलालाई शैक्षिक अधिकारमा प्राथमिकता दिन आग्रह गरे । नेपाल मुस्लिम संघले समयमै अधिवेशन गरेर काँग्रेस सम्बद्ध दलहरूको समयमै अधिवेशन हुँदैन भन्ने भ्रम चिरेकामा उनले प्रशंसा गरे ।

संविधानलाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।रासस