२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवा भेट्न निवासमै पुगे कर्णालीका मुख्यमन्त्री



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ ।

कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबिच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चाबिच देउवालाई भट्न मुख्यमन्त्री कँडेल निवासमै पुगेका हुन् । बिहिबार कांग्रेस सभापति देउवालाई भटेको जानकारी कँडेलले सामाजिक सञ्जालमार्फत गराएका छन् । ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री श्रद्वेय शेरबहादुर देउवासँग आज उहाँकै निवास बुढानिलकण्ठमा भेटघाट भयो ।

भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो । महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

कांग्रेस–एमाले मिलेर बनेको कर्णाली सरकारले एक वर्ष पुरा गरेपनि यी दुई दलबिचको सम्बन्ध अझै सुध्रन सकेको छैन । केही समयअघि एमाले संसदीय दलको बैठकले काग्रेसलाई गठवन्धनको मर्मअनुरुप नचलेको आरोप लगाएको थियो । एमालेको आरोपछि दुई दलबिचको प्रदेशस्तरीय संयत्रको बैठकबाट सरकारका कामकारवाहीलाई थप व्यवस्थित लैजाने सहमति भएपछि तत्काललाई सत्ता संकट टरेको थियो ।