१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्यांक



अ+ अ-

काठमाडौँ । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थ मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड  अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोडमात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो ।

अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त भएको थियो । जुन लक्ष्यको तुलनामा प्राप्ति ४९.०८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक अनुदान प्रप्ति २.०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा सरकारले लिने ऋण समेत घटेको छ । आ.व. २०८१/८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै ऋण लिन सरकार सफल भएको छ । यो सरकारले लिएको वैदेशिक ऋण लक्ष्यको तुलनामा ५७.७८ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा २ खर्ब १२ अर्ब ऋण लिने सरकारले लक्ष्य राखेको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब ६६ करोड सरकारले ऋण लिएको थियो । लक्ष्यको तुलनामा ५९.०७ प्रतिशत सरकारले ऋण लिएको थियो । अघिल्लो वर्षको तुलनामा २०८१/८२ मा वैदेशिक ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

कुल वैदेशिक सहायतातर्फ २०८१/८२ मा सरकारले २ खर्ब ६९ अर्ब वैदेशिक सहायाता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४८ अर्ब त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो । अघिल्लो आवमा सरकारले वैदेशिक सहायतातर्फ  २ खर्ब ६२ अर्ब वैदेशिक सहायाता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ५६.९८ प्रतिशत हो ।

अघिल्लो आवको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको अर्थमन्त्रालयको तथ्यांकले प्रष्ट देखाएको छ ।