१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न



अ+ अ-

तनहुँ । बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् ।

देवघाट–भतेरी खण्डमा भने निर्माण जारी छ । यो सडकका निम्ति रु रु ४१ करोड ५२ लाख ४१ हजार विनियोजन भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार रु २६ करोड एक लाख ५७ हजारको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्र भएको हो । शालिग्राम करिडोरमा रु १७ करोड ६९ लाख खर्च भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका विभिन्न स्थानमा ३८ किलोमिटर सडक कालोपत्र गरिएको छ भने चालु आवमा ५४ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको प्रमुख तिवारीले बताउनुभयो । रासस