७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित सात युवक पक्राउ



अ+ अ-

चितवन । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो ।

उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

भारतको विहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् । रासस