२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयका सञ्चालकहरु आजदेखि आन्दोलनमा



Photo: File
अ+ अ-

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई विभेद गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आजदेखि आन्दोलनमा थालेका छन् ।

निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

दुवै संस्थाले ५ बुँदे माग अघि सार्दै ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने, पोसाक तथा स्टेशनरी उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।

आज बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्‍याली गर्ने र कोणसभा गर्ने, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्‍याली गर्ने तय भएको छ ।

माग सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्।

यता शिक्षक महासंघले पनि विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानमा असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ ।

यसैबीच विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।