२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले लिम्पियाधुरा–कालापानी–लिपुलेकको विषयमा चीन र भारतको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको छ। संविधानमा समावेश आधिकारिक नक्साअनुसार यी भूभाग नेपालकै हिस्सा भएको सरकारले पुनः दोहोर्‍याएको हो।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा नेपालको सीमा र भू–अखण्डताबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भनिएको छ, “महाकाली नदीको पूर्वतर्फ अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अविभाज्य भाग हुन्, यसबारे सरकारको धारणा स्पष्ट छ।”

मन्त्रालयले भारत र चीन दुबै मुलुकलाई यसबारे औपचारिक जानकारी गराइसकिएको समेत जनाएको छ। नेपालले यसअघि पनि विवादित क्षेत्रलाई आफ्नो नक्सामा समेटी २०७७ सालमा संविधान संशोधनमार्फत आधिकारिक मान्यता दिएको थियो। तर भारतले नयाँ सडक निर्माण कार्य अघि बढाउँदै लिपुलेक क्षेत्र प्रयोग गर्दा नेपालले आपत्ति जनाउँदै आएको छ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाल–भारतबीचको सीमा विवादलाई ऐतिहासिक सन्धि–सम्झौता, नक्सा, तथ्य र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहँदै आएको छ।”

नेपालले भारतसँगको सम्बन्धलाई घनिष्ठ, मैत्रीपूर्ण र आपसी सहयोगमा आधारित बताउँदै, सीमा समस्या पनि यही सम्बन्धलाई कायम राख्ने ढंगले कूटनीतिक वार्ता मार्फत हल गर्नुपर्नेमा जोड दिएको छ।