१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडि बढाउन महिलाको विशेष भूमिका रहेको बताउनुभएको छ ।

कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘तीज विशेष’ कार्यक्रममा उहाँले मुलुकको राजनीतिक परिवर्तनमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

उहाँले तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नविर्सिकन मनाउनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले चेलीबेटीले तीजमा गीत र नृत्यमार्फत सुखदुःख अभिव्यक्त गर्ने परम्परा रहेकाले तीज मनाउँदा यसको मौलिकता विर्सन नहुने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि विशेष गरी नेपाल महिला सङ्घ र त्यसको संस्थापक मङ्गलादेवी सिंहको योगदानको स्मरण गर्नुभयो ।

“पुरुषसरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन की अधिकारसँगै आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिला सजग हुनुपर्छ”, उहाँले भन्नुभयो । रासस