१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारमा पुगेर प्रचण्डले भेटे रविलाई, के भयो कुराकानी ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

ललितपुरको नख्खु कारागारमा पुगेर प्रचण्डले रविसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रचण्डले रविसँग कारागारको बसाइबारे जानकारी लिएका थिए । रविले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा पाएको जानकारी गराएका थिए ।

‘भैरहवा कारागारको भन्दा यहाँ धेरै राम्रो सेवा सुविधा छ भनेर उहाँले भन्नुभयो,’ रविको भनाइ उद्धृत गर्दै प्रचण्डले भने ।

यस्तै, लामिछानेले दाहालसँग भैरहवा कारागारमा आफूलाई धेरै ठूलो पीडा भएको गुनासो गरेका थिए ।

‘उहाँको भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो । भैरहवामा उहाँको भाषामा भन्ने हो भने झन्डै झन्डै गोलघरजस्तै गरि राखियो भन्ने थियो,’ रविलाई भेटेर निस्किएपछि प्रचण्डले भने ।