३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले देशको राजनीति छोड्दा सबै गर्ल्यामगुर्लुम ढल्ने हो की जस्तो लाग्छः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लुमै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको जिकिर गर्नुभयो । उहाँले देशको राजनीतिको खाँबो आफैँले धानाको जस्तो लाग्ने गरेको बताउनु भयो । आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किहाल्छ की जस्तो हुने गरेको जिकिर गर्नुभयो । नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महशुस हुने जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘साहित्यमा लाग्न यो दिनदिनैको राजनीतिको चटारोले मलाई समय नै निक्लिदैन । मलाई खेद छ, दुःख छ । मैले यो क्षेत्रमा समय दिन नपाएकोमा । देशको राजनीति अहिले पनि हुनतः म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छः देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ की जस्तो लाग्छ । गल्र्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्छ । पूरै जिम्मा मेरै काँधमा भएको जस्तो । हुनतः कहिले कहीँ सोच्छु जीवन त यस्तो हुँदैन । मान्छे भएपछि निश्चित अवधिसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियमअनुसार शाश्वत कुरा त मरिन्छ, गाडी अर्कोले लैजान्छ । जिम्मेवारीवोध भनेको यस्तो हुँदो रहेछ की अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’

अध्यक्ष दाहालले आफू साहित्यप्रति धेरै रुची राख्ने व्यक्ति भएको बताउनु भयो ।