१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले देशको राजनीति छोड्दा सबै गर्ल्यामगुर्लुम ढल्ने हो की जस्तो लाग्छः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लुमै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको जिकिर गर्नुभयो । उहाँले देशको राजनीतिको खाँबो आफैँले धानाको जस्तो लाग्ने गरेको बताउनु भयो । आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किहाल्छ की जस्तो हुने गरेको जिकिर गर्नुभयो । नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महशुस हुने जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘साहित्यमा लाग्न यो दिनदिनैको राजनीतिको चटारोले मलाई समय नै निक्लिदैन । मलाई खेद छ, दुःख छ । मैले यो क्षेत्रमा समय दिन नपाएकोमा । देशको राजनीति अहिले पनि हुनतः म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छः देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ की जस्तो लाग्छ । गल्र्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्छ । पूरै जिम्मा मेरै काँधमा भएको जस्तो । हुनतः कहिले कहीँ सोच्छु जीवन त यस्तो हुँदैन । मान्छे भएपछि निश्चित अवधिसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियमअनुसार शाश्वत कुरा त मरिन्छ, गाडी अर्कोले लैजान्छ । जिम्मेवारीवोध भनेको यस्तो हुँदो रहेछ की अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’

अध्यक्ष दाहालले आफू साहित्यप्रति धेरै रुची राख्ने व्यक्ति भएको बताउनु भयो ।