९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

मन्त्रिपरिषद् बैठकका निर्णयः बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त, राष्ट्रिय युवा नीति स्वीकृत

मन्त्रिपरिषद् बैठकका निर्णयः बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त, राष्ट्रिय युवा नीति स्वीकृत
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले खराब आचरण प्रदर्शन गरेको तथा कार्य क्षमताको अभाव रहेको भन्दै आझालाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले छानविन समितिको सिफारिसको आधारमा ओझालाई पदमुक्त गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँका अनुसार बैठकलेलिज फाईनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत तथा समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन समेत स्वीकृत गरेको छ । उहाँले मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको पनि जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली समेत स्वीकृत गरेको छ । बैठकले राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री मन्त्री गुरुङले बताउनु भयो ।

यस्ता छन् सोमवारको मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरु 

१.२०८२ भदौ ३० देखि ३१ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने रेजिलेन्ट सप्लाइ चेन्स उण्ड इक्वेटेबल ग्रोथ इन अ चेन्जिङ वल्र्ड अफ वर्क कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार बेहलाई सहभागी स्वीकृति प्रदान गर्ने ।
२. २०८२ असोज ७ देखि ९ गतेसम्म इण्डोनेसियामा आयोजना हुने एन्टी करप्शन इनिसिएटिभ फर एशिया एण्ड द प्यासिफिक  २०२५ विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने ।
३. २०८२ कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र ईजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन माननीय महालेखापरीक्षक श्री तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।
४. कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने ।
५. (क) अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूको फण्ड क्वेटामा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने ।
(ख) कोटा वृद्धि गर्दा थप हुने करिब ७८.४५ मिलियन एसडिजारमध्ये सोको २५ प्रतिशत चालु आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट (अर्थपत्र) जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने
६. लिज फाईनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने ।
७. समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने ।
८. छानविन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष श्री शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने ।
९. मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली २०८२ स्वीकृत
गर्ने ।
१०. प्रशासकीय अदालतको अध्यक्षमा डा. टेक बहादुर घिमिरे, संखुवासभा तथा सदस्यहरूमा  अधिवक्ता श्री नवल किशोर यादव, वीरगन्ज र श्री आलोक चन्द्र श्रेष्ठ, बागलुङलाई नियुक्त गर्ने ।
११. २०८२ भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने एशिया, अप्रिmकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन को ६३ औं एनुअल सेसनमा सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय कुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने ।
१२. खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र  खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरूको लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१३. कम्युनिटी अन द इलिमिनेशन अफ डिस्क्रिमिनेशन अगेनिस्ट वुमेनका सदस्य श्री वन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने ।
१४.थाइल्याण्डको बैंककमा २०८२ भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औँ मन्त्रीस्तरीय बैठकमा भाग लिन माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति प्रदान गर्ने ।
१५. नेपाली सेनातर्फ एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, छ जना सहायक रथी र सात जना महासेनानीको सरुवा गर्ने, एकजना महासेनानीको सहायक रथीमा बढ़वा गर्ने ।
१६. बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८२ मा तर्जुमा गर्न सिद्धान्त स्वीकृत गरे ।
१७. २०६९ भदौ २५ देखि २८ गतेसम्म रसियाको सैन्ट पिटर्सवर्गमा आयोजना हुने ११ औं सेन्ट पिटर्सवर्ग युनाइटेड कल्चर्स फोरममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने ।
१८. धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
१९. आदिवासी जनजाति आयोगका माननीय सदस्य शरण राईलाई आदिवासी जनजाति महासंघ, हङकङले मिति २०८२ भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१औं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
२०. २०८२ भदौ ३१ देखि असोज ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने।
२१. मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।
२२. स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।
२३. राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने ।
२४. नेपाल सरकार र दक्षिण एशिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालबिच हस्ताक्षर हुने हेडक्वार्टर एग्रिमेण्ट बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड साउथ एशिया वाइल्डलाइफ इन्फोर्समेण्ट नेटवर्क, २०२५ स्वीकृत गर्ने ।
२५ मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।