१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजमा चरम असन्तुष्टि छ,कतिपय प्रायोजित छ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसभित्र ठूलो आत्मविश्वास चाहिएको बताउनुभएको छ ।

बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको भन्दै यसलाई नेपाली काँग्रेसले बिर्सिन नहुने बताउनु भयो । काँग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउनु भयो ।

नेपाली काँग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको बताउनु भयो । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उहाँको भनाइ छ । राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको बताउनु भयो । अहिले देशमा ठूलो असन्तुष्टि रहेको बताउँदै नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्ने बताउनु भयो । काँग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली काँग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौँ । राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन । चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली काँग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो । पञ्चायतमा कहिल्यै चुनाव लढेन । राजाले गराएको चुनाव लढेन । माओवादीसँग २०६५ मा चुनाव हा¥यो । हामीलाई चुनाव जित्नु र हार्नुले निर्धारण गर्दैन । राष्ट्रिय शक्ति त्यो हो जसले चुनावका आधारमा मत प्राप्त गर्दछ । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी हो । राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौति बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने हो । आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्नेछ । कतिपय कुराहरु प्रायोजित छ सबै कुराहरु बुझ्नुपर्छ । सबै कुरा बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । त्यो नेपाली काँग्रेसको जिम्मेवारी हो । त्यसका लागि काँग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको छ । ’

महामन्त्री थापाले सत्तामा र शक्तिमा पुग्नका लागि आधारभुत मूल्य र मान्यतासँग सम्झौता गरर प्राप्त गरिएको सत्ताको अर्थ नरहने बताउनु भयो ।