३१ श्रावण २०८३, आईतवार
,
Latest
बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

SCT-UnionPay कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने



अ+ अ-

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको SCT-UnionPay कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो SCT-UnionPay कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ । नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (SCT) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नुहुन्छ । यस सुबिधाले ग्राहकहरूलाई आफ्नो SCT-UnionPay कार्डबाट एइक् मा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ-कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत क्ऋत्(ग्लष्यलएबथ कार्ड जारी गर्दै आइरहेको छ । SCT-UnionPay डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै क्ऋत् का उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन् ।