काठमाडौँ । नेकपा (एमाले)की सांसद हर्कमाया विश्कर्माले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयतापछि तीन पटकसम्म निर्वाचन भइसक्दा पनि स्थानीय सरकारले अधिकार पाउन नसक्नू दुःखद् भएको बताउनु भयो । उहाँले संविधानअनुसार कानून निर्माणमा ढिलाई हुँदा जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिल्न नसकेको उल्लेख गर्दै यसमो असर आम नागरिकमा परिरहको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देश संघीयतामा गएर तीन पटक निर्वाचन भएर पनि हहिले जनप्रतिनिधिको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । तर संविधानअनुरुप अहिले पनि केन्द्रिय सरकारले जिम्मेवारी हस्तान्तरण नगरेर वा कानून नबनेर जनप्रतिनिधि र कर्मचारी संयन्त्रको तालमेल नमिलेर जनताले सास्ति भोगिराखेका छन् ।’
सांसद विश्कर्माले जनतासम्म सरकारी सेवाको प्रभावकारी पहुँच सुनिश्चित गर्न जिम्मेवारी हस्तान्तरण र कानून निर्माणको प्रक्रिया छिटो गर्न आवश्यक रहेको बताउनु भयो ।










