१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखले जति सम्मान पाउनु भएको छ तपाईहरु जति उफ्रे पनि त्यति माथि पुग्नुहुन्न: रास्वपा



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली काँग्रेस र नेकपा (एमाले) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सरकारको तर्फबाट नै सम्मनित संसद र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गर्नुभयो । उहाँले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गर्नुभयो ।

लोकतन्त्रको बिरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उहाँको भनाइ छ । उहाँले नेपाली काँग्रेसलाई विपी कोईरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गर्नुभयो । उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो त्यसले सम्मानित सदनलाई चोट पु¥याएको छ सभामुख महोदय । लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ यो लोकतन्त्रको लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याई हो सभामुख महोदय । म भन्न चाहन्छु । लोकतन्त्र बचाउनको लागि हार्न तयार हुने विपी कोईरालालाई फर्केर हेर्नुस् काँग्रेसका नेताज्यूहरु । म कम्रेड मदन भण्डारीलाई सम्झन चाहन्छु । सामन्तवाद मात्रै होइन पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीले उभो लाग्न दिँदैन भन्ने कम्रेड मदन भण्डारीलाई सम्झन म एमालेका नेताहरुलाई अनुरोध गर्न चाहन्छु । एउटा जनजाती महिलाको सम्मान होस् भनेर हामीले सदनमा भित्र्याएका हौं । उहाँले जति सम्मान पाउनु भएको छ तपाईहरु जति उफ्रे पनि त्यति माथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याई हो सभामुख महोदय । सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो । आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिदैछ । नयाँहरुलाई निषेध गर्न सकिदैन । समाज विज्ञानले प्रमाणित गरेको कुरा हो सभामुख महोदय । कार्यपालिको व्यवस्थापिकामाथिको निरन्तरको आक्रमण हामी कसरी टुलुटुलु हेर्नसक्छौं ?’

उहाँले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिनुभयो ।

तस्बिरः किरणराज विष्ट/रासस