४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपसभामुखले जति सम्मान पाउनु भएको छ तपाईहरु जति उफ्रे पनि त्यति माथि पुग्नुहुन्न: रास्वपा

उपसभामुखले जति सम्मान पाउनु भएको छ तपाईहरु जति उफ्रे पनि त्यति माथि पुग्नुहुन्न: रास्वपा
अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली काँग्रेस र नेकपा (एमाले) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले सरकारको तर्फबाट नै सम्मनित संसद र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गर्नुभयो । उहाँले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गर्नुभयो ।

लोकतन्त्रको बिरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उहाँको भनाइ छ । उहाँले नेपाली काँग्रेसलाई विपी कोईरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गर्नुभयो । उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो त्यसले सम्मानित सदनलाई चोट पु¥याएको छ सभामुख महोदय । लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ यो लोकतन्त्रको लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याई हो सभामुख महोदय । म भन्न चाहन्छु । लोकतन्त्र बचाउनको लागि हार्न तयार हुने विपी कोईरालालाई फर्केर हेर्नुस् काँग्रेसका नेताज्यूहरु । म कम्रेड मदन भण्डारीलाई सम्झन चाहन्छु । सामन्तवाद मात्रै होइन पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीले उभो लाग्न दिँदैन भन्ने कम्रेड मदन भण्डारीलाई सम्झन म एमालेका नेताहरुलाई अनुरोध गर्न चाहन्छु । एउटा जनजाती महिलाको सम्मान होस् भनेर हामीले सदनमा भित्र्याएका हौं । उहाँले जति सम्मान पाउनु भएको छ तपाईहरु जति उफ्रे पनि त्यति माथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याई हो सभामुख महोदय । सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो । आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिदैछ । नयाँहरुलाई निषेध गर्न सकिदैन । समाज विज्ञानले प्रमाणित गरेको कुरा हो सभामुख महोदय । कार्यपालिको व्यवस्थापिकामाथिको निरन्तरको आक्रमण हामी कसरी टुलुटुलु हेर्नसक्छौं ?’

उहाँले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिनुभयो ।

तस्बिरः किरणराज विष्ट/रासस