४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु

ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
अ+ अ-

एजेन्सी । ह्वाइट हाउसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समयसीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ ।

यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै आफ्ना समर्थकहरूसँग कुरा गर्दै गरेको दृश्य देखाइएको छ । साथै सन् २०१६ रिपब्लिकन नेसनल कन्भेन्सनमा उहाँको स्वीकृति भाषणको अडियो पनि समावेश छ ।

पहिलो भिडियो सार्वजनिक भएको केही घण्टामै खाताले ५७ हजारभन्दा बढी फलोअर्स जुटाएको छ । यद्यपि गत वर्ष चुनावी अभियानका लागि प्रयोग गरिएको टिकटक खातामा एक करोड ५० लाखभन्दा बढी फलोअर्स रहेका छन् ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एपलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । आदेशअनुसार, बाइटडान्सले आफ्नो अमेरिकी अपरेसन कुनै अमेरिकी कम्पनीलाई नबेचेसम्म एपलाई सञ्चालन गर्न नपाउने व्यवस्था थियो । तर कानूनी चुनौतीका कारण आदेश कार्यान्वयन भएन ।

दोस्रो कार्यकालपछि ट्रम्पले यस एपलाई समय दिने निर्णय गर्दै दुई पटक समयसीमा बढाउनुभएको छ । पहिलो पटक जनवरी २० मा र दोस्रो पटक अप्रिल ४ मा, दुवै पटक ७५ दिनका लागि । त्यसपछि जुन १९ मा ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटकलाई अमेरिकामा थप ९० दिन सञ्चालनको अनुमति दिनुभयो । यो समयसीमा सन् २०२५ सेप्टेम्बर १७ सम्म कायम हुनेछ ।