९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन

सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताउनुभएको छ ।

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलवारदेखि शुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आँकलन गरिएको उहाँले बताउनु भयो । यसले बजारमा सुधारको संकेत दिएको उहाँको भनाई छ । पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहेपनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उहाँले बताउनु भयो । उहाँले सरकारले अबलम्बन गरेका नितिगत कारणहरुले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको बताउनुभयो । सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उहाँको भनाई छ । उहाँले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको पनि बताउनु भयो । बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उहाँले जानकारी दिनुभयो ।

बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, व्याजदर एकल अंकमा रहेको र कानून पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातारवण बनेको बताउनु भयो । अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकरात्मक रहेपनि केही समय होल्ड गर्न आग्रह गर्नुभयो । युरो ६ मापदण्ड लागू गर्ने निणय एकाएक भएकोले कतिपय व्यवसायीहरु समस्यामा परेको उहाँले बताउनु भयो । अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपालकै लागि बनाइएको सवारीसाधनहरु अलपत्र बनेको उहाँको भनाई छ । यसको लागि छोटो समय दिएर अर्डर भइसकेका सवारी साधनहरु ल्याउन दिनुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् रहन सकेन । बजारमा न्युन मागका कारण उत्पादन र उत्पादकत्व पनि न्युन भएर गएको थियो । तर गत वर्षदेखि भने निजी क्षेत्रको लागि उत्साह थपिँदै भएको छ । बजारमा माग विस्तारै बढ्न गएको छ । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आकलन आईरहको छ । यसले बजारमा सुधारको संकेत दिएको छ । यसमा हामी सबैको प्रयत्न सामेत छ । सरकारले सवारी साधनको लागि युरो ६ मापदण्ड लागू गरेको छ । जुन चाँही सकरात्मक पनि छ । तर यो लागू गर्दाखेरी एकाएक निर्णय भएको कारणबाट कतिपय अर्डरमा पठाइसकेको, प्रोडक्सन भइसकेको र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपाल कै लागी बनाईएको सवारीसाधनहरु यो निर्णयले रोकिएको अवस्था छ । यो चिजलाई एकपटकलाई एउटा छोटो समय दिएर यसलाई अगाडी बढाउन सकियो भने त्यो उत्पादक, त्यो देशहरुसंग हामीहरुले गरेको व्यापारमा पनि सहज हुनेछ ।’

उहाँले नेपालको अर्थतन्त्रमा अटोमोबाईल्स क्षेत्रले महत्वपूर्ण योगदान रहेको पनि बताउनु भयो ।