२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन नसक्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिको बैठकमा बुधवार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल भएको हो ।

छलफलमा भाग लिँदै उहाँले सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्न जरुरी रहेको बताउनु भयो । उहाँले वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउनु भयो । यसलाई ध्यान नदिए  एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा भएपछि, सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्नुपर्छ । हामीले वायुसेवा पनि हामीले नै चलाउनुपर्ने हो । यसलाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । यो कुरोलाई ध्यानमा हामीले राखेनौँ भने एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति भयो । प्रमोट गर्नेकुरामा सरकारले के सरलीकरण गर्ने बाटो दिनसक्छ त्यसमा सरकारको दृष्टि हुनुपर्छ । अराजकता, अनियमितताहरुलाई हामीले प्राथमिकता दिन सक्दैनौँ । नेपालमा धेरै दुर्घटना भइरहेका छन्, उड्डयन होस् वा अरु संस्थाहरु तिनीहरुलाई कुनै रुपमा नस्वीकारेको कारण पनि समस्या छ ।’

सांसद साउदले नेपालमा भइरहेका हवाई दुर्घटनालाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।