९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद

अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन नसक्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिको बैठकमा बुधवार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल भएको हो ।

छलफलमा भाग लिँदै उहाँले सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्न जरुरी रहेको बताउनु भयो । उहाँले वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउनु भयो । यसलाई ध्यान नदिए  एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा भएपछि, सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्नुपर्छ । हामीले वायुसेवा पनि हामीले नै चलाउनुपर्ने हो । यसलाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । यो कुरोलाई ध्यानमा हामीले राखेनौँ भने एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति भयो । प्रमोट गर्नेकुरामा सरकारले के सरलीकरण गर्ने बाटो दिनसक्छ त्यसमा सरकारको दृष्टि हुनुपर्छ । अराजकता, अनियमितताहरुलाई हामीले प्राथमिकता दिन सक्दैनौँ । नेपालमा धेरै दुर्घटना भइरहेका छन्, उड्डयन होस् वा अरु संस्थाहरु तिनीहरुलाई कुनै रुपमा नस्वीकारेको कारण पनि समस्या छ ।’

सांसद साउदले नेपालमा भइरहेका हवाई दुर्घटनालाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।