५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
अ+ अ-

लम्की(कैलाली) । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्नुहुन्छ ।

नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूरा गर्ने तीज नजिकिएसँगै उहाँको व्यस्तता बढेको हो । मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन ।

शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उहाँले मादलको गोदाम बनाउनुभएको छ । उहाँले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राख्नु भएको छ । मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गर्नुभएको छ । “एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । मादल बनाउदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मादल बनाउने काठ अभाव भएको उहाँको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्नुहुने उहाँ बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको बताउनुहुन्छ । “मादल बेचेर वार्षिक छ लाखसम्म आम्दानी हुनेगरेको छ ।

सात जनाको परिवार यसैले पालेको छु”, एउटा मादले रु। तीन हजार देखि रु।१५ हजार सम्ममा बिक्री हुने गरेको जानकारी दिँदै १६ वर्षदेखि मादल बनाउँदै आउनुभएका तीर्थले भन्नुभयो । स्थानीय सरकारको सहयोग पाएमा मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उहाँले आधुनिक बाजाले आफूहरूको पेसा सङ्कटमा परेको सुनाउनुभयो ।

हाल बल्चौरका कृष्ण बादी पनि मादल बनाउन व्यस्त हुनुहुन्छ । तीजमा मादलको माग अधिक हुने भएकोले उहाँलाई पनि कामको चटारो छ । एक दशकदेखि मादल बनाउँदै आउनुभएका उहाँ वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।

बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको दुखेसो उहाँले गर्नुभयो । उहाँले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, “हिजोआज वनबाट मादल बनाउने काठ ल्याउन पाइँदैन ।”

बादी समुदायले परम्परागत पेसाका रूपमा मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका –३ बल्चौरका रमेश बादीले बताउनुभयो ।

लम्कीचुहा नगरपालिका– ३ बल्चौरमा बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् । यद्यपि यो समुदायका केही सदस्य मादललगायत बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ । रासस