१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरु तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले युवाहरुको समय रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले युवाहरु अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउनु भयो । युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताउनु भयो । उहाँले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो युवाहरुको समय हो । युवाहरु अगाडि बढ्नुपर्छ । युवाहरुले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि । युवाहरु तयार हुनुप¥यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गर्नुभयो ।