१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरु तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले युवाहरुको समय रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले युवाहरु अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउनु भयो । युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताउनु भयो । उहाँले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो युवाहरुको समय हो । युवाहरु अगाडि बढ्नुपर्छ । युवाहरुले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि । युवाहरु तयार हुनुप¥यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गर्नुभयो ।