३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलको बैठकः उपसभामुखलाई हटाउने सरकारको प्रयास असफल पार्न केन्द्रित हुने



अ+ अ-

काठमाडौँ । विपक्षी दलले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

उपसभामुखलाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि विपक्षी दलको बैठक बसेको थियो ।

साथै, बैठकले सरकारको यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको र सङ्कटग्रस्त बनाउँदै लगेको निष्कर्ष पनि निकालेको छ ।

बैठकले सरकारमा रहेका पार्टीहरूले चालेको कदमको भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान पनि गर्ने भएको छ ।