१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनको लागि सिसडोल–बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटको विकल्पको अध्ययन गर्दैछौंः उपप्रधानमन्त्री सिंह



अ+ अ-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार कार्य महानगरलाई हस्तान्तरण गरिएको समेत बताउनु भयो । उहाँका शहरी विकास तथा भवन निर्माण विभागमार्फत करिव ४० मिटर उचाईको बारमध्ये हाल २५ मिटर उचाईको बारसहित सम्पूर्ण भौतिक संरचना निर्माण कार्य पूरा भई सञ्चालनको लागि महानगरलाई उपलब्ध गराइएको छ ।

त्यसको उचाई बढाउन खरिद प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ । उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटका विकल्पको अध्ययन गर्ने, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र स्थानीय माग सम्बोधन गर्नेतर्फ मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गर्नुभयो । उहाँले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढंगले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको समेत बताउनु भयो । उहाँल फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, विद्युत उत्पादन, कम्पोस्ट मल निर्माण र कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने कार्यसमेत योजनाबद्ध ढंगले अघि बढाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरमा फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि बञ्चरेडाँडामा सेनेटरी ल्याण्डफिलसाइट लगायतको पूर्वाधार निर्माण गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालयलाई तोकिएकोमा शहरी विकास तथा भवन निर्माण विभागमार्फत उक्त ल्याण्डफिल्डसहितको करिब ४० मिटर उचाई को बारमध्ये हाल २५ मिटर उचाईको बारसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी सञ्चालनको लागि काठमाडौं महानगरपालिकालाई उपलब्ध गराएको छ । हाल त्यसको उचाई बढाउनको लागि खरिद प्रक्रिया अगाडि बढेको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा प्रयोग भएको स्थानीय सिडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिलसाइटका विकल्पहरु तथा सिसडोल क्षेत्रमा फोहोबाट उत्पन्न समस्या समाधान तथा स्थानीयका मागहरु सम्बोधन हुने कार्यहरु समेत यस मन्त्रालयबाट हुँदै आइरहेका छन् । बञ्चरेडाँडामा काठमाडौंमा महानगरको फोहोर व्यवस्थित ढंगले बिसर्जन गर्ने फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत उत्पादन गर्ने, कमपोस्ट मल बनाउने तथा कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने तथा स्थानीयवासीको समस्या समाधान गर्ने जस्ता विषयहरुमा काठमाडौं महानगरपालिका र अन्य सम्बन्धीत निकायहरुसँग समन्वय र सहकार्य हुँदै आएको छ ।’

उपप्रधानमन्त्री सिंहले स्वस्थ र सफा शहर निर्माणका लागि सबै तहको सरकारसँग समन्वय र सहकार्यका साथ काम गरिरहेको बताउनु भयो ।