९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

फोहोर व्यवस्थापनको लागि सिसडोल–बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटको विकल्पको अध्ययन गर्दैछौंः उपप्रधानमन्त्री सिंह

फोहोर व्यवस्थापनको लागि सिसडोल–बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटको विकल्पको अध्ययन गर्दैछौंः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार कार्य महानगरलाई हस्तान्तरण गरिएको समेत बताउनु भयो । उहाँका शहरी विकास तथा भवन निर्माण विभागमार्फत करिव ४० मिटर उचाईको बारमध्ये हाल २५ मिटर उचाईको बारसहित सम्पूर्ण भौतिक संरचना निर्माण कार्य पूरा भई सञ्चालनको लागि महानगरलाई उपलब्ध गराइएको छ ।

त्यसको उचाई बढाउन खरिद प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ । उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटका विकल्पको अध्ययन गर्ने, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र स्थानीय माग सम्बोधन गर्नेतर्फ मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गर्नुभयो । उहाँले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढंगले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको समेत बताउनु भयो । उहाँल फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, विद्युत उत्पादन, कम्पोस्ट मल निर्माण र कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने कार्यसमेत योजनाबद्ध ढंगले अघि बढाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरमा फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि बञ्चरेडाँडामा सेनेटरी ल्याण्डफिलसाइट लगायतको पूर्वाधार निर्माण गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालयलाई तोकिएकोमा शहरी विकास तथा भवन निर्माण विभागमार्फत उक्त ल्याण्डफिल्डसहितको करिब ४० मिटर उचाई को बारमध्ये हाल २५ मिटर उचाईको बारसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी सञ्चालनको लागि काठमाडौं महानगरपालिकालाई उपलब्ध गराएको छ । हाल त्यसको उचाई बढाउनको लागि खरिद प्रक्रिया अगाडि बढेको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा प्रयोग भएको स्थानीय सिडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिलसाइटका विकल्पहरु तथा सिसडोल क्षेत्रमा फोहोबाट उत्पन्न समस्या समाधान तथा स्थानीयका मागहरु सम्बोधन हुने कार्यहरु समेत यस मन्त्रालयबाट हुँदै आइरहेका छन् । बञ्चरेडाँडामा काठमाडौंमा महानगरको फोहोर व्यवस्थित ढंगले बिसर्जन गर्ने फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत उत्पादन गर्ने, कमपोस्ट मल बनाउने तथा कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने तथा स्थानीयवासीको समस्या समाधान गर्ने जस्ता विषयहरुमा काठमाडौं महानगरपालिका र अन्य सम्बन्धीत निकायहरुसँग समन्वय र सहकार्य हुँदै आएको छ ।’

उपप्रधानमन्त्री सिंहले स्वस्थ र सफा शहर निर्माणका लागि सबै तहको सरकारसँग समन्वय र सहकार्यका साथ काम गरिरहेको बताउनु भयो ।