१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित नरहने बताउनुभएको छ ।

हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले यो काम मुलतः सरकारको भएपनि विधायनका हैसियतमा धेरै कामहरु गर्न सकिने बताउनु भयो । सांसदहरु वैज्ञानिक नभए पनि जलवायु अनुकुलनका लागि बजेट पारित गर्न सक्ने र इन्जिनियर नभएपनि इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्ने बताउनु भयो । सांसदहरुले किसान, मछुवारका लागि आवाज उठाउनसक्ने, जागरण पैदा गर्नसक्ने, विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरुको पीडा कम गर्नसक्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित रहँदैन । र कुनै एक देशले मात्रै यसको समाधान गर्न सक्दैन । त्यसैले यसको सामाा गर्न हामी सबैको साझा प्रयत्न आवश्यक छ । हामीलाई थाहा छ, यो काम मुलतः सरकारको हो । तर विधायनका हैसियतमा हामीले पनि गर्नसक्ने धेरै कामहरु छन् । हामीले गर्नैपर्छ । हामी सांसदहरु वैज्ञानिक नहौँला, तर जलवायु अनुकुलनका लागि बजेट पारित गर्न सक्दछौँ । हामी सांसदहरु इन्जिनियर नहाँैला तर हामी इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्छौँ । तिनको कार्यान्वयनको निगरानी गर्नसक्छौँ । हामी अभियन्ता होइनाँै, तर हामी किसान, मछुवारका लागि आवाज उठाउनसक्छौँ र जागरण पैदा गर्नसक्छौँ । हामी विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरुको पीडा कम गर्नसक्छौँ । यि विषयमा सरकारलाई काम गर्न बाध्य बनाउनसक्छौँ । यो हामीले गर्नैपर्ने काम हो ।’

सभामुख घिमिरेले वन जंगल र हिमताल जोगाउने कानून पारित गर्न आह्वान गर्नुभयो ।