९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे

जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित नरहने बताउनुभएको छ ।

हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले यो काम मुलतः सरकारको भएपनि विधायनका हैसियतमा धेरै कामहरु गर्न सकिने बताउनु भयो । सांसदहरु वैज्ञानिक नभए पनि जलवायु अनुकुलनका लागि बजेट पारित गर्न सक्ने र इन्जिनियर नभएपनि इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्ने बताउनु भयो । सांसदहरुले किसान, मछुवारका लागि आवाज उठाउनसक्ने, जागरण पैदा गर्नसक्ने, विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरुको पीडा कम गर्नसक्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित रहँदैन । र कुनै एक देशले मात्रै यसको समाधान गर्न सक्दैन । त्यसैले यसको सामाा गर्न हामी सबैको साझा प्रयत्न आवश्यक छ । हामीलाई थाहा छ, यो काम मुलतः सरकारको हो । तर विधायनका हैसियतमा हामीले पनि गर्नसक्ने धेरै कामहरु छन् । हामीले गर्नैपर्छ । हामी सांसदहरु वैज्ञानिक नहौँला, तर जलवायु अनुकुलनका लागि बजेट पारित गर्न सक्दछौँ । हामी सांसदहरु इन्जिनियर नहाँैला तर हामी इकोसिस्टम बनाउने र कार्बन उत्सजर्न नियमन बनाउने कानूनको डिजाइन गर्नसक्छौँ । तिनको कार्यान्वयनको निगरानी गर्नसक्छौँ । हामी अभियन्ता होइनाँै, तर हामी किसान, मछुवारका लागि आवाज उठाउनसक्छौँ र जागरण पैदा गर्नसक्छौँ । हामी विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरुको पीडा कम गर्नसक्छौँ । यि विषयमा सरकारलाई काम गर्न बाध्य बनाउनसक्छौँ । यो हामीले गर्नैपर्ने काम हो ।’

सभामुख घिमिरेले वन जंगल र हिमताल जोगाउने कानून पारित गर्न आह्वान गर्नुभयो ।