काठमाडौँ । जनमत पार्टीले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउन समर्थन गर्ने भएको छ ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले उपसभामुख रानालाई हटाउन सत्ता साझेदार दलहरूबीच छलफल भइरहेको बताउँदै जनमत पार्टीले पनि त्यो एजेन्डामा समर्थन जनाउने बताएका हुन् ।
सत्ता साझेदार दलमा जनमत पनि रहेको र सत्ता साझेदार दलकै समर्थनमा मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार रहेको भन्दै उनले उपसभामुख हटाउने एजेन्डामा जनमतको समर्थन र साथ रहने प्रस्ट पारे ।










