१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

पूर्वमा पनि नेपाली भूमि कब्जा

पूर्वमा पनि नेपाली भूमि कब्जा
अ अ+ अ-

फिदिम । पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले कब्जा गरेको हो। पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ। एसएसबीले फालेलुङ गाउँपालिका–६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ। ‘एसएसबीले नेपाली भूमि कब्जा गरेको छ,’ फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राईले भने, ‘एसएसबीसँग हामीले वार्तासमेत गर्यौ तर हाम्रो क्षमताले भूमि फिर्ता गर्न सकिएन।’

सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर (सीमास्तम्भ) छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिनमा एसएसबीले कब्जा जमाएको हो।नेपाली भूमि भारतले कब्जा गरेको थाहा भएपछि फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वले एसएसबीसँग मंगलबार वार्ता गरेको थियो। वार्तामा माथिको निर्देशनअनुसार आफूले सीमा क्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबीको कमान्ड गरिरहेका रिक्सल कुमारले बताएको राईले जानकारी दिए। ‘एसएसबीले नेपाली भूमि मिचेको हो,’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘हाम्रो स्तरबाट मिलाउन सम्भव भएन, यो विषयमा संघीय सरकारले गम्भीरतासाथ चासो दिनुपर्छ।’

एसएसबीले कब्जा गरेको आहाल गैरी क्षेत्रमा संग्रहालय बनाउन डिभिजन वन कार्यालय पाँचथरले बन उभोक्ता समितिलाई १० लाख रुपैयाँ उपलब्ध गराएको थियो। सन्दकपुर आहालगैरी कबुलियती वन उपभोक्ता समितिले संग्रहालय बनाउने काम सुरु गर्न लाग्दा एसएसबीले अवरोध गरेको हो। ‘संग्रहालय निर्माण सुरु गरेपछि एसएसबीले यो जमिन भारतमा पर्छ भन्दै अवरोध गरे,’ स्थानीय शिल्प राईले भने, ‘उक्त क्षेत्रमा करिब सय हाराहारीमा एसएसबी तैनाथ छन्।’

वन उपभोक्ता समितिले वैशाख २४ गतेदेखि सुरु निर्माण कार्य २६ गते एसएसबीले अवरोध गरेको हो। उक्त क्षेत्र एसएसबीले नियन्त्रणमा लिएको छ। एसएसबीले नियन्त्रणमा लिएको जमिनमा नेपाली नागरिकले एउटा होटल र एउटा गोठ सञ्चालन गरेका छन्। गोठ र होटल पनि उसकै नियन्त्रणमा छन्। उक्त स्थानमा पिंकी शेर्पाले होटल र पेम्बा छिरिङले गोठ सञ्चालन गरेका थिए।

सीमा क्षेत्रमा एसएसबीले अवरोध गरेको खबर सुनेपछि समाधानका लागि आफूले पहल थालेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए। ‘वास्तविकता बुझ्न टोली खटाइएको छ,’ प्रजिअ शर्माले भने, ‘डिभिजन वन कार्यालयको टोली बुधबार सीमा क्षेत्रतर्फ पठाइएको हो। वन कार्यालयको टोलीले ल्याएको प्रतिवेदनका आधारमा प्रशासनका काम थाल्ने शर्माको भनाइ छ। अन्नपुर्णपोष्ट दैनिक