काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको शरीरमा भिटामिन-डी कमी भएको पाइएको छ ।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनको रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । रगत रिपोर्टमा उनलाई भिटामिन डी को कमी देखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नख्खु कारागार पुगेका छन् ।
रविलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट नख्खु कारागार ल्याइएको थियो ।










