४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा
अ+ अ-

काठमाडौँ। बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत पिपुल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल मनोनयनमा परेको जानकारी दिइयो ।

त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई खल्तीबीच आजै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता पनि भएको थियो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आशिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मनोनयनमा परेकी रेखाले पिपुल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन् । यसैगरी उसु विधाका खेलाडी विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभएपनि आफूले यस खेललाई चर्चित बनाइराख्न मेहनत गरिरहेको बताए । पिपुल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमई खल्तीेमा प्राप्त मतका आधारमा हुनेछ ।

पचास प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आजबाट नै सुरु भइसकेको छ । यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपुल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कूल दस विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपुल्स च्वाइससँगै वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । पल्सर स्पोर्टस् अवार्ड यही भदौ २९ गते पोखरामा हुँदैछ ।

पिपुल्स च्वाइस मनोनयन पर्ने खेलाडी 

विजय सिन्जाली (उसु)
विजयले जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जितेका थिए । त्यसैगरी साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कास्य, चीनमा सम्पन्न दुई अन्तरराष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्न सफल भएका  थिए ।

इभाना थापा (टेबलटेनिस)

इभानाले दक्षिण एसियाली टेबलटेनिसमा चार पदक एकलमा तेस्रो, गल्र्स डबल्समा दोस्रो, गल्र्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो हुँदै पदक जित्न सफल भएकी थिइन् । त्यस्तै २७औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल  इभानाले ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुगेकी थिइन् ।

हिमाल सोनारी (भलिबल)

हिमालले पाँचौँ टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य, तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्वपूर्ण सदस्य हुन् ।

पूजा महतो (क्रिकेट)

पूजा आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटमा च्याम्पियन भएर यु–१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान हुन् । पहिलोपल्ट विश्वकप खेलेका नेपाली टोलीका लागि छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन दिन सफल खेलाडी पूजा शतक बनाउने महिला खेलाडी समेत हुन् ।

त्यसैगरी उनी एसिसी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी हुन् ।

रेखा पौडेल (फुटबल)

रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी हुन् । युएईको अबुधाबी कन्ट्री क्लबमा आबद्ध भई डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल गर्न सफल खेलाडी रेखाले वैकल्पिक खेलाडीका रूपमा खेल्दै साउदी अरेबियाको अल नासरविरुद्धको १–० को जितमा निर्णायक गोल गरेकी थिइन् ।

रेखा साफ महिला च्याम्पियनसिप २०२४ मा सात गोलसहित सर्वाधिक गोलकर्ता बन्न सफल खेलाडी हुन । उनले माल्दिभ्सविरुद्ध एक्लैले पाँच गोल तथा श्रीलङ्काविरुद्ध दुई गोल गरेकी थिइन् ।