८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप



अ+ अ-

त्रिपोली । लिवियाको पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 

लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लागाइएको हो । उहाँहरुले आर्थिक अनियमितता गरेको र उहाँमाथी अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।  

राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका करिमले आफू पदमा रहँदा न्युन गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्नेगरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ । 

उहाँले कानुनको उलंघन र गलत प्रयोग गरेकाले उहाँमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्तको कार्यालयले माग गरेको छ । उहाँले राज्यलाई पाँच करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायधिवक्ताको कार्यालयले दाबी गरेको छ । (रासस/सिन्ह्वा)