२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यसहित उसु हिरोज च्याम्पियनसिप सम्पन्न



अ+ अ-

काठमाडौं। एक दिने ‘उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२’ शनिबार जोरपाटीस्थित ईस्टपोेल स्कुलमा सम्पन्न भएको छ।

उसु द यङ्ग जेनेरेशनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा करिब २०० खेलाडीहरूको सहभागिता रहेको र कार्यक्रम भव्य तथा सभ्य ढंगले सम्पन्न भएको जानकारी आयोजक समितिका विजय सिन्जालीले दिए।

विद्यालय स्तरमै प्रतिभा पहिचान गर्ने र नयाँ खेलाडीलाई क्षमता प्रदर्शन गर्ने प्लेटफर्म उपलब्ध गराउने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगितामा जुनियर र सब-जुनियर गरी ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा काठमाडौं उपत्यका तथा देशका विभिन्न जिल्लाबाट खेलाडीहरू सहभागी भएका थिए। यस आयोजनामा नेपाल उसु महासंघ लगायतका विभिन्न संस्थाहरूले सहकार्य गरेको आयोजक समितिका पासाङ शेर्पाले जानकारी दिए।

कार्यक्रममा नमोबुद्ध लायन्स क्लबका अध्यक्ष, नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जन, एडभान्स कुन्फु एशोसिएशनका सुर्य प्रकाशसहित उसु प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, संघ, क्वान तथा क्लबका पदाधिकारीहरूको उपस्थितिमा विजेता तथा सहभागी खेलाडीलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विभिन्न संस्था, सहभागी क्वानका प्रशिक्षक तथा खेलाडी, साथै जज टुल सफ्टवेयर उपलब्ध गराएर सहयोग गर्ने अन्तर्राष्ट्रिय उसु निर्णायक विशाल सिन्जाली र उनकी टिमलाई विशेष धन्यवाद व्यक्त गर्दै आयोजक समितिका विजय सिन्जालीले उक्त प्रतियोगिताले नयाँ पुस्ताका उसु खेलाडीहरूमा नयाँ उर्जा थपेको बताए।