१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारमा रवि, कार्यकर्ता र समर्थकलाई छल्दै बिमानस्थलबाट निकालियो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागार राखिएको छ ।

रुपन्देही कारागारबाट आजै उनलाई काठमाडौं ल्याइपुर्‍याइएको हो । रविलाई काठमाडौं ल्याउने खवर सार्बजनिक भएपछि स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै बिमानस्थलबाट आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको थियो ।

कार्यकर्ता र समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्ष र वरपर बसेका थिए । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।

लामिछानेलाई स्वागत गर्न समर्थकहरु विमानस्थल र नख्खु कारागारमा उपस्थित भएका थिए । उनीहरुले लामिछानेको पक्षमा चर्को नाराबाजी गरेका थिए ।