४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो



अ+ अ-

महोत्तरी । अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था नहुँदा महोत्तरीका किसान फलपूmलखेतीतर्फ आकर्षित भएका छन् । यहाँका अधिकांश किसानले आँपखेती गरेका छन् ।

लिची, रुखकटहर, सपातो र केरासहितका फलपूmल लगाइए पनि यहाँका किसान आँपतिर नै आकर्षित भएका छन् । यो वर्ष लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गङ्गाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १० कट्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।”

कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिबास–५ चेरुका राजन पौडेल बताउनुहुन्छ । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलले बताउनुभयो ।

“मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनि दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्”, पौडेलले भन्नुभयो, “फूल्ने बेलामै दामकाम भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।” आपूmले पनि एक बिघामा आँपखेती बढाउन लागेको उहाँले बताउनुभयो ।

आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको र खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछिल्लो वर्षमा रोपेको वर्षदिनमै उत्पादन दिने नयाँ विकसित जातका आँप लगाउने किसान बढेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ । यिनमा स्वर्णरेखा, मल्लिका र  आम्रपालीसहित छन् । यी जातका रुख धेरै अग्ला नहुने, थोरै क्षेत्रफलभित्र पनि रोप्न सकिने, बर्सेनि फल्ने र सुगन्धितसँगै मीठो स्वादका हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेका महतोको अनुभव छ । यीबाहेक पुराना जातका मालदह, ग्रिन बम्बई, सिपिया, गोपालभोग, लालगुलाब, एलो बम्बई, दसहरी, कृष्णभोग र कलकतिया जातका आँप किसानको रोजाइमा छन् ।

फलफूलखेतीका लागि सरकारले बिरुवा र अन्य प्राविधिक सहयोग गर्नुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रले किसानलाई सहुलियतमा फलपूmलका बिरुवा र प्राविधिक सल्लाह दिँदै आएको छ ।रासस




भर्खरै