२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन आश्रीत स्मृति दिवस



अ+ अ-

रहस्यमय जीप दुर्घटनामा परी जननेता मदन भण्डारी र उहँका सहयात्री कुशल संगठक जीबराज आश्रित को निधन भएको २७ वर्ष बितिसकेको छ । यस बिचमा नेपाली राजनीतिमा निकै उथलपुथल पूर्ण घटनाहरु भएका छन् । राष्ट्रिय राजनीतिमा उत्पन्न हरेक सङ्कट राजनीतिक मोडहरुमा उहाँको सम्झना निरन्तर भैरहेको छ । सफलताका क्षणहरुमा उहाँको वैचारिक मार्गदर्शन र प्रेरणको चर्चा अहिले पनि भैरहेको छ भने विफलता र अप्ठ्यरो अबस्थामा उहाँ भैइदिएको भए समाधान आँउथ्यो होला भनेर श्रद्धाकासाथ याद गर्ने गरिन्छ । यसरी राजनीतिक सजिला र अप्ठ्यारा दुबै मोडहरुमा उहाँकै स्मरण हुने गर्दछ । 

सबै खाले राजनीतिक वैचारिक कोणबाट उहाँ जीवित हुनुभएको भए यसो भन्नुहुन्थ्यो होला र यसो गर्नुहुन्थ्यो होला जस्ता प्रसंगहरु आउने गर्छन् । जीवित हुँदा उहाँको ब्यक्तित्व र वैचारिक तथा सैद्धान्तिक मान्यताको आलोचना गर्नेहरु समेत विस्तारै उहाँले भन्न खोजेको यसो पो हो त भनेर आफु्खुसी ब्याख्या गर्ने प्रयाश गर्छन र आफुसँग उहाँको निकै राम्रो सम्बन्ध थियो भनेर चर्चा गर्न पनि सङ्कोच मान्दैनन् । उहाँको विचार,मान्यता र लोकप्रियता चुनौतीरहित भएकाले पनि हिजो भिन्न मान्यतामा उभिएकाहरु समेत उहाँको प्रशंसा आउने स्थिति बनेको छ भने आफ्ना निजी आकङ्क्षा या उद्देश्यहरुलाई सहयोग पु¥याउने प्रयोजनका लागि पनि कतिपयबाट यसो हुने गरेको यर्थाथलाई पनि उपेक्षा गर्न मिल्दैन । जे होस,कुनै पनि ब्याक्ति,समुह वा दलको राजनीतिक यात्रा जनताको साथ र भरोसामा नै अघि बढ्ने भएकाले जो कसैले पनि जनताको मनोबिज्ञान र भाबनलाई समातेरै अगाडि बढ्नु पर्ने आबश्यकता पर्दछ । सबै पक्ष यसमा इमान्दार नै हुन्छन भन्न सकिदैन । सैद्धान्तिक योगदान, विश्लेषण क्षमता,  स्वछ छवि,वाक्पटुता,लगनशीलता,दूरदृष्टिपन जस्ता अनेकौ गुणहरुले गर्दा भौतिक शरीर नभएता पनि नेपाली राजनीतिक क्षेत्रमा जननेता मदन भण्डारी निरन्तर छाइरहनु भएको छ र हाम्रो स्मृतिपटमा अमर पनि हुनुहुन्छ । 

नेपाली कम्यूनिष्ट आन्दोलनका नबिन बिचारक मदन कुमार भण्डारीका यस्ता विलक्षण प्रतिभाका धनी भएर त उहाँ जननेता हुनुभएको हो । यसरी आज जननेता भण्डारीको नाम र योगदानको छाप नेपाली जनताको मनमस्तिष्कमा बसिरहेको छ । उहाँको निधन हुँदा शिशु अबस्थामा रहेका र नजन्मिएकाहरु पनि उहाँको बारेमा जान्न र बुझ्न लालायित भएको पाइन्छ । यो पंक्तिलाई उहाँका योगदानका बारेमा स्पस्ट पार्नु हाम्रो दायित्व हो । 

जननेता मदन कुमार भण्डारीले जनता,राष्ट्र,राष्ट्रियता र समाजको अग्रगामी रुपान्तरणका लागि पु¥याउनु भएको योगदानका बारेमा उहाँको निधन भएपछि विभिन्न क्षेत्रबाट चर्चाहरु भए र अहिलेसम्म पनि भैरहेकै छन । जीबनको अधिकांश अबधि कष्टसाध्य भूमिगत राजनीतिक जीबनमा हुमिनु भएका र २०४६ सालमा बहुदलीय राजनीतिक प्रणली स्थापना भएपछि निकै छोटो कालखण्ड मात्र खुल्ला राजनीतिमा संलग्न हुने अबसर प्राप्त गर्नु भएका उहाँ जीबन पर्यन्त लोकतन्त्र,सामाजिक परिबर्तन,समानता र न्यायका पक्षमा समर्पित हुनु भयो । संकीर्णताको दलदलमा फसेको कम्युनिष्ट तथा बामपन्थी आन्दोलनलाई त्यस साँघुरो घेराबाट बाहिर निकालेर सिजृनात्मकता,एकता र एकिकरणको प्रक्रियामा आबद्ध गर्नुभयो, मार्गदर्शन दिनुभयो । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले गम्भिर धक्का खाएको बेलामा पनि नेपाली कम्युनिष्ट आनदोलनलाई लोकप्रिया बनाएर मुलधारको राजनीतिक शक्तिको रुपमा स्थापित गराउँदै यसलाई लोकतान्त्रीकरणको दिशामा सफलतापुर्बक अघि बढाउनु भयो । आफुले नेतृत्व गरेको दललाई संसदमा सशक्त भुमिकामा स्थापित गराउन सफल हुनु भयो । माक्र्सबादको सृजनात्मक प्रयोग र विकास गर्दै जनताको बहुललीय जनबादका रुपमा नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण र क्रन्तिकारी परिबर्तनको प्रभाबकारी सिद्घन्तकै प्रतिपादन गर्नुभयो । 

नेपाली राजनीतिक दलहरुको इतिहासमा सबैभन्दा बढी लोकतान्त्रिक बिधि अपनाएर आफुद्दारा प्रतिपादित सिन्द्धान्तलाई जनताको वीचमा ब्यापक बहसमा लैजाने, जनताबाट प्राप्त सुझाबहरुलाई रचनात्मक रुपमा ग्रहण गर्ने र पार्टीको माहधिबेशनमार्फत् अत्यधिक बहुमतका साथ अनुमदन गराउने उहाँको साहस र सुझबुझका त्यती नै बेला सर्बत्र प्रशंसा गरीएको थियो । नेपालका प्रायः सबै जसो राजनीतिक पार्टीहरुमा सिद्धान्तको बहस,माहाधिबेशनको नीति निमार्ण प्रक्रिया र नेतृत्वा चयनमा जननेता मदन भण्डारीले स्थापित गर्नु भएको मानकलाई अबलम्बन गर्ने स्थिति बनेको छ । सर्बसाधरण जनताले बुझ्ने भाषामा जनताको बहदलीय जनबाद बुझाउन उहाँ आफै देश भ्रमणमा निस्कनुभयो, जनतासंग प्रत्यक्ष संबाद गर्नु भयो, उनीहरुको चासोलाई सम्बोधन गर्नुभयो र आफ्ना मान्यताहरुको पक्षमा जनसर्मथन प्राप्त गर्नुभयो । सिंगो देश र जनतालाई चलायमान बनाउँदै सामाजिक आर्थिक रुपान्तरणको अभिएनमा परिचालित गराउनु पर्नेतर्फ ध्यान आर्कसित गराउनु भयो । 

उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्तकै मार्गदर्शनमा अघि बढ्ने क्रममा नेकपा (पूर्ब एमाले) इतिहासमा नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको सरकार गठन ग¥यो । सबै भन्दा ठुलो राजनैतिक दलको रुपमा आफुलाई स्थापित ग¥यो । त्यही दलबाट चार जना नेताहरुले इतिहासको बिभिन्न कालखण्डमा प्रधानमन्त्रीको रुपमा मुलुकको अगुवाई गर्नुभयो । र पछिल्लो पटक त एमाले उपाध्यक्षसमेत रहनु भएकी जननेता मदन भण्डारीकी जीबनसंगिनी श्रीमती बिधादेबी भण्डारी मुलुकको राष्ट्रपतिमा निर्बाचित हुनुभएको छ । हालै अमेरीकाबाट प्रकाशित भएको फोब्र्स पत्रिकाले सम्माननीय राष्ट्रपति श्रीमती बिधादेबी भण्डारीज्यु विश्वका एकसय शक्तीशाली महिलाहरुको सुचीमा पर्नुभएको प्रतिबेदन सार्बजनिक गरेको छ । यसरी जननेता मदन भण्डारीले प्रतिबेदन गर्नुभएको सिद्धान्तको आलोकमा मुलुकको राजनीति अगाडि बढीरहेको छ । यी उपलब्धीलाई ब्यबस्थित र थप संगठित गर्दै मुलुकको सामाजिक आर्थिक रुपान्तरणमा परिचालित गर्नु सम्बद्ध सबैको दायित्व हुन आएको छ । 

पोखरामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर चितवनमा आयोजित अखिल नेपाल महिला सङ्घको कार्यक्रमा सहभागी हुनजाने क्रममा रहस्यमय जीप दुर्घटनामा परी २०५० जेष्ठ ३ गते जननेता मदन भण्डारीमका सहयोद्धा जीबराज आश्रितसंगै अल्पआयुमै निधन भएको थियो । त्यस घटनाले सिङ्गो देश शोकमा र्चुलुम्म डुबेको थियो । आम नेपालीहरुको मनमा षड्यन्त्रपुर्ण हत्य हो भन्ने दृढ विश्वास रहेको त्यस रहस्यमय घटनाको सत्यतथ्य पत्ता लगाएर सार्बजनिक गर्नुपर्ने माग चौतर्फी भयो । धेरै आयोगहरु पनि बने । सबै आयोगले दुर्धटना रहस्यमय बताउदै प्रतिबेदनहरु दिए । तर रहस्यको पर्दा उर्घिन सकेन । घटनाको एक मात्र जीबित साक्षी जीप चालक समेतको रहस्यमय हत्य भए पछि दासढुङ घटनाले अझ गहिरो आशङ्का र चिन्ता जन्माइदिएको छ । तर अहिलेसम्म पनि घटनाको यथार्थ पत्ता लाग्न र यसका पछाडि सङ्लग्न अपराधीहरुको यथार्थ सार्बजनिक गर्ने काम हुन सकेको छैन । यो निकै दुःखको बिषय हो । 

मुलत जननेता मदन भण्डारीको योगदानलाई उजागर गर्न, नेपाली कम्यूनिष्ट आन्दोलनले हासिल गरेका उपलब्धी र यसको भबिष्यबारे सुस्पष्ट पार्न एबं नेपाल सरकारले अघि सारेको बर्तमानमा नेपाली जनताको साझा राष्ट्रिय आकांक्षा बनेको समृद्घ नेपाल सुखी नेपालीको अबधारण,नेपाली समाजको आमुल परिबर्तन गर्दै सामाजिक न्याय र समानतामा आधरित समृद्घ नेपाल निमाण गर्ने मार्गदर्शक सिद्घन्त जनताको बहुदलीय जनबादका प्रणेता जननेता मदन भण्डारीका बिचारहरुले ब्यबहारिक रुप लिदै छन र यस सिदान्तको सत्यपन पुष्टि भइरहेको छ ।

हाम्रो पार्टीको अर्को नेता कमरेड जीबराज आश्रित एउटा कुशल संगठक हुनुहुन्थ्यो । लामो कालदेखि कम्युनिष्ट आन्दोलनको प्रखर नेताका रुपमा रहेर आज पनि नेपालको कम्युनिष्ट आन्दोलन जन्ताको विचमा लोकप्रिय पार्टीको रुपमा रहेको छ, यसमा उहाँ दुबै नेताहरुको ठुलो भुमिका रहेको छ , योगदान रहेको छ—त्यसलाई हामी बिर्सन सक्तैनौ ।

लेखक मदन भण्डारी फाउन्डेसन, महाशीला गाउँ कमिटी पर्बतका अध्यक्ष हुनुहुन्छ ।