२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा



अ+ अ-

काठमाडौं। चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो ।

फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा रहनेछ । नामले लभस्टोरी संकेत गरे पनि निर्माणपक्षले भने यसबारे केही जानकारी दिएको छैन ।

तर, टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ ।

टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ । चलचित्रको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ ।

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन् । उनले नेपाल आइडल सिजन–१ को रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको काम गरेका थिए । भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीलगायत अनुभव संगालेका उनी अभिनेता पनि हुन् । ‘दर्पण छाया–२’मा उनले अभिनय गरेका थिए । फिरोज गायक पनि हुन् ।

इन्जिनियरिङलाई पेसा बनाएर उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

‘कहाँ गयौ तिमी…’मा कोको कलाकार रहनेछन्, त्यो भने निर्माणपक्षले खुलाएको छैन । निर्माता पनि को रहने जानकारी दिइएको छैन । चलचित्रको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताए ।

यो चलचित्रको घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ । सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु ।”