काठमाडौं । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश गरेको हो ।
बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि आजलाई पेशी तोकिएको थियो ।शुक्रबार न्यायाधीश न्यौपानेले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर धरौटीमा छाड्न आदेश जारी गरेका हुन् ।
चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आफ्नो भतिज मनिष रायमाझीलाई आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
चक्रे बुधरबार मात्रै अभद्र व्यवहारको कसुरमा जिल्ला प्रहरी परिसरको हिरासतबाट धरौटी ३० हजार तिरेर छुटेका थिए । अर्को मुद्दा रहेकाले उनलाई पछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।









