१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना दलको एक सूत्रीय एजेण्डा नयाँ दललाई गाली गर्ने भएकाे छ: डि.पि. अर्याल



अ+ अ-

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डि.पि अर्यालले पुराना दलहरु जनताको बिषयमा बोल्ने भन्दा पनि नयाँ पार्टीलाई गाली गर्न व्यस्त रहेको आरोप लगाउनु भएको छ ।

रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय राजनीतिक दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे अर्यालले जनताले खोजेको राम्रो मान्छे उतार्न नसक्दा गलत मान्छे संसदमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो ‘भाषणबाट परिवर्तन हुदैन यस पटक मत बाट नै परिवर्तन गर्नुपर्छ ।’  रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार हुन आकाक्षीहरु समेत सहभागी कार्यक्रममा अर्यालले भन्नुभयो ‘यस पटक रुपन्देहीले परिवर्तनको सन्देश दिन्छ ।”

श्रावण ३० र ३१ गते आयोजना हुने प्रशिक्षणमा संगठन सवलिकरण , सुदृढिकरण र जागरण बिषयमा महामन्त्री कबिन्द्र बुर्लाकोटी , पार्टीले परिकल्पना गरेको सुशासन डेलिभरी बिषयमा केन्द्रीय सदस्य सुमना श्रेष्ठ, र मिडिया, सामाजिक संञ्जाल र पार्टी बिषयमा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसै गरी उम्मेदवारीको पूर्व तयारीमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की , पार्टीको आर्थिक व्यवस्थापन बारे कोषाध्यक्ष लिमा अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसै गरी पार्टीको अर्थ राजनीति धार , लुम्बिनीको आर्थिक बिकासका आधारहरुका बारेमा उपसभापति डा स्वर्णिम वाग्ले , र नेतृत्व लिडरशिप एकेडेमी र उम्मेदवार छनौट बिधि बारे सह महामन्त्री एबं केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख बिपिन कुमार आचार्यले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसै गरी पार्टी अभियानका बारेमा प्रवक्ता मनिषा झा, प्रशिक्षणको अबको यात्राका बारेमा केन्द्रीय प्रशिक्षण बिभाग सचिव कमल सुवेदी र समग्र मुल्यांकन र सुझाबका बारेमा लुबिनी प्रशिक्षण विभाग प्रमुख राजकुमार सुवेदीले प्रशिक्षण दिनुहुने छ ।