९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश पठाइदिने भन्दै लाखौं ठगी गर्नेहरु पक्राउ



अ+ अ-

काठमाडौं: काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी लाखौं ठगी गरेको आरोपमा तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी एवं एसपी काजी कुमार आचार्यका अनुसार, पक्राउ गरिएका व्यक्तिहरुले पीडितहरुसँग पैसा लिएर लामो समयदेखि फरार रहेका थिए ।
पक्राउ परेकाहरुमध्ये ओखलढुंगाको सिद्धिचरण—६ स्थायी घर भएका सन्दीप मगर भन्ने बम बहादुर मगरले एक व्यक्तिलाई रोमानीया पठाइदिन्छु भन्दै रकम लिएर फरार भएका थिए ।

त्यस्तै, काठमाडौं—७ बस्ने गीता माया मगरले चार जनासँग २० लाख २४ हजार लिएर फरार भएकी थिइन् । यसैगरी, रौतहटको देवाही गोनाही—५ स्थायी बसोबास रहेका विन्देश्वर राय यादवले एक व्यक्तिलाई मौरिसस पठाइदिन्छु भन्दै तीन लाख ६० हजार लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान र कार्यबाहीका लागि बैदेशिक रोजगार विभाग, ताहाचल पठाएको पनि सूचना अधिकारी आचार्यले बताउनु भएको छ ।

यसैबीच, बैंकिङ कसुरका दोषी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका—१२ स्थायी घर भएका गोकुल श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ । उनीमाथि एक करोड ७५ लाखको बिगो कायम भएको छ ।