काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता भएको छ।
आज काठमाडौंमा आयोजितक एक कार्यक्रममा सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गर्नुभएको छ ।
कार्यगत एकता घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताहरू, आचारसंहिता लगायतका विषय उल्लेख गरिएको छ ।














