२४ श्रावण २०८३, आईतवार
,
Latest
कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सद्भावना पार्टी पुनःगठन



अ+ अ-

काठमाडौं । नेपाल सद्भावना पार्टीलाई पुनःगठन गरिएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष अनिलकुमार झाले पार्टी पुनःगठित गरी अघि बढेको बताउनुभएको हो ।

बुधवारमात्रै पार्टीको पुनःगठनलाई निर्वाचन आयोगले स्वीकृति दिएको बताउनु भयो । आफ्नो पुरानो सैद्धान्तिक प्रतिवद्धता पूरा गर्नेगरी अघि बढ्ने बताउनु भयो । पार्टीले मधेस आन्दोलनका शहीदहरुको प्रतिमा स्थापना र सम्मान गर्नमा भइरहेको अशोभनीय र अमर्यादित कार्यको भत्र्सना गरेको छ ।

उहाँले मधेस आन्दोलनका शहीदहरुको अन्य आन्दोलनका शहीदसरह सम्मान स्थापित गराउन पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । पार्टीले हाल मधेसमा देखिएको मधेसमा भूमिगत जलको कमीप्रति गम्भीर हुन पनि आग्रह गरेको छ । एकल महिला, वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनुपर्ने माग गर्नुभयो ।

प्रहरी प्रशासनमा अझै मधेसलाई मौजाको रुपमा ठान्ने र मधेसीलाई शासित मान्ने मनोविज्ञानलार्य अविलम्व अन्त्य गर्ने नीति बनाउन र निर्देशन दिन सरकारसँग पार्टीले माग गरेको छ ।