२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सद्भावना पार्टी पुनःगठन



अ+ अ-

काठमाडौं । नेपाल सद्भावना पार्टीलाई पुनःगठन गरिएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष अनिलकुमार झाले पार्टी पुनःगठित गरी अघि बढेको बताउनुभएको हो ।

बुधवारमात्रै पार्टीको पुनःगठनलाई निर्वाचन आयोगले स्वीकृति दिएको बताउनु भयो । आफ्नो पुरानो सैद्धान्तिक प्रतिवद्धता पूरा गर्नेगरी अघि बढ्ने बताउनु भयो । पार्टीले मधेस आन्दोलनका शहीदहरुको प्रतिमा स्थापना र सम्मान गर्नमा भइरहेको अशोभनीय र अमर्यादित कार्यको भत्र्सना गरेको छ ।

उहाँले मधेस आन्दोलनका शहीदहरुको अन्य आन्दोलनका शहीदसरह सम्मान स्थापित गराउन पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । पार्टीले हाल मधेसमा देखिएको मधेसमा भूमिगत जलको कमीप्रति गम्भीर हुन पनि आग्रह गरेको छ । एकल महिला, वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनुपर्ने माग गर्नुभयो ।

प्रहरी प्रशासनमा अझै मधेसलाई मौजाको रुपमा ठान्ने र मधेसीलाई शासित मान्ने मनोविज्ञानलार्य अविलम्व अन्त्य गर्ने नीति बनाउन र निर्देशन दिन सरकारसँग पार्टीले माग गरेको छ ।