२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकन आइडलको टप पाँचमा दिवेश पोखरेल, को बन्ला यो वर्षको अमेरिकन आईडल? हेर्नुहोस् लाईभ (लिङ्कसहित)



अ+ अ-

वासिङ्टन डिसी । नेपाली युवा गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । आजको एपिसोडमै अमेरिकन आइडलको विजेताको घोषणा हुनेछ । यी टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ । यसैको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ ।
आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो ।

अघिल्लो साता दिवेश पोखरेल – आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए। गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् ।

अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले यसअघि नै आर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको छ । दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्षमात्र भयो ।

अडिसनमा दिवेशले क्रिडेन्स क्लियरवाटर रिभाइभ्डको ‘ह्याभ यु इभर सीन द रेन‘’ गाएका थिए । उनले पछि अर्को शोमा पनि यही गीत वास्तविक संगीत र लयमा केही परिमार्जन गरेर गायका थिए । 

http://ufreetv.com/1abc.html?fbclid=IwAR0IB0GyLS3p2hhkOrq0ptXm_p2_SJeDJNAVRpHwj-F1P09SSAC4wMiS-XI