५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

एमसीसी आयोजना: दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर

एमसीसी आयोजना: दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर
अ+ अ-

काठमाडौं ।नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताको विद्युत् प्रसारण आयोजनाअन्तर्गत एमसीए-नेपालले आज दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर गरेको छ ।

एमसीए-नेपाल, एन्जेलिक-स्किपर जेभी र वाइबा-सलासर जेभीबिच भएको ठेक्का सम्झौता हस्ताक्षर समारोहमा एमसीसीका कम्प्याक्ट अपरेशन विभागका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी

राजदूत जेसन मिक्स, एमसीसीका आवासीय देशीय निर्देशक डायान फ्रान्सिस्को र एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट उपस्थित हुनुहुन्थ्यो । झन्डै १५ करोड ४५ लाख अमेरिकी डलर मूल्य बराबरका यी ठेक्का सम्झौताअन्तर्गत रातमाटेदेखि न्यू दमौली र न्यू दमौलीदेखि न्यू बुटवलसम्मको अनुमानित कुल २९७ किलोमिटर प्रसारण लाइनमध्ये १८० किलोमिटर प्रसारण लाइनको डिजाइन, जडान, परीक्षण र निर्माण गरिनेछ ।

एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गलले कार्यान्वयन साझेदारहरूलाई बधाई दिँदै यस प्रसारण लाइन नेपालको विकासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा रहेको कुरामा जोड दिँदै यसले देशभरि विद्युत्‌को प्रभावकारी प्रवाह सुनिश्चित गर्ने, नेपाली घरपरिवार, उद्योग र उद्यमका लागि विद्युत्‌को मूल्य सस्तो बनाउने र नेपालका लागि घरेलु र क्षेत्रीय रूपमा बलिया आर्थिक वृद्धिका अवसरहरू सिर्जना गर्ने कुरा बताउनुभयो ।

“यो कोसेढुङ्गा एउटा निर्माण ठेक्का सम्झौता मात्र नभई नेपालको विकास र समृद्धिप्रतिको अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक समेत हो,” नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले भन्नुभयो । “यस साझेदारीमार्फत हामीले विद्युत्‌को लाइन र आर्थिक पूर्वाधार निर्माण मात्र गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि गति दिइरहेका छौँ ।
एमसीसी कम्प्याक्ट सम्झौता नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशिला हो । नेपालका सबै नागरिकलाई लाभ पुग्ने गरी मिलेर अघि बढ्न पाएकोमा हामीलाई गर्व लागेको छ ।”