२३ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताउनु भएको छ ।

बिहीवार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानूनी प्रावधानको आफ्नो पार्टीले विरोध गर्ने उहाँको भनाइ छ । शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रश्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले दुई व्यक्तिबीचको टेलिफोन वार्ता समेत सुन्नसक्ने खालको कानून आउन लागेको भन्दै त्यसको संभावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाउनु भयो । उहाँले प्रविधिभ र सञ्चारको माध्यमबाट समाजमा आशा र सकारात्मकता फैलाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकार रहँदा समेत सरकारले गर्ने हरेक गलत कामको संसद र संसदबाहिरबाट विरोध गर्ने समेत बताउनु भयो । काँग्रेसले चुनाव जित्नेगरी नभई समाजमा फैलाइएको भ्रमलाई चिरेर जाने कुरा काँग्रेसको प्राथमिकतामा रहनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘काँग्रेसको प्रचार काँग्रेसले जित्तनेगरी हुनुपर्छ भन्ने दोस्रो कुरा हो । प्रधान कुरा भनेको या समाजमा केही भएन । केही भएको छैन । केही हुन सक्दैन । र नेपाल बन्दैन भनेर कतिपयले भनिरहेको उदासिनतालाई चिरेर जाने विषय हाम्रो प्रचारसँग सम्बन्धीत विषय पर्दछ । त्यसैले हामीले पार्टीको तर्फबाट सरकारमा नरहँदै पनि राम्रा कुराको समर्थन गर्छौं । सरकार रहँदैमा पनि हाम्रो नराम्रा कुरामाथि प्रहार गर्छौं । संसदमा बोल्दै गर्दा पनि प्रहार गर्छौं । बाहिरबाट पनि प्रहार गर्छौं । अहिले हामी सरकारमा छौं । तर सामाजिक सञ्जाल विधेयक जुन आएको छ त्यो जस्ताको त्यस्तै पारित हुने विषयमा हाम्रो प्रष्ट विमति छ । त्यसमा आएका कतिपय विषयहरु छन् । जसलाई मौजुदा कानूनहरुले हेर्न सक्दछ । व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर आउने कुनै पनि कुरालाई हामीले समर्थन गरेर जाने भन्ने कुरा हुदैन । अहिले अर्को इन्टेलिजेन्ससम्बन्धी विधेयक  प्रश्ताव गर्ने कुरा आएको छ । राष्ट्रियता र राष्ट्रको सम्प्रभुतालाई असर पर्ने कुरा हुँदै गर्दा सरकार दुई जनाबीचको टेलिफोनको कुराकानीसम्म पुग्नसक्ने उल्लेख छ । तर प्रश्न भोलिको दिनमा त्यसको दुरुपयोगसम्बन्धीको हो ।’

उहाँले सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।