२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

 एमालेले राजु गुरुङलाई दियो लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी



अ+ अ-

रुपन्देही । नेकपा एसको केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षबाट राजीनामा दिएर बसेका युवानेता राजु गुरुङ लामो समय यत्तिकै बसेका थिए । पछिल्लो केही समय उनी एमालेसँग नजिकिएको उनले सार्वजनिक गरेका केही फोटाहरुले पुष्टि गरेपनि आधिकारिक रुपमा केही सार्वजनिक गरिएको थिएन । तर उनी एमालेका नेताहरुलाई भेटेका तस्बीर सामाजिक सन्जालमा राखिरहेका थिए ।

बुधबार मात्रै गुरुङलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको हो । उनीसँगै बुधबारै नेकपा एसको केन्द्रीय सदस्य छाडेर आएकी सिनपाकी पूर्व उपमेयर उमा काफ्ले र रोल्पामा माओवादी छाडेर आएका शान्तराज बोहोरालाई पनि प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटी अब २३८ सदस्यीय बनेको छ ।