१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

भारत अघि चीन जाँदै प्रधानमन्त्री,भदौ १८ मा चिनियाँ राष्ट्रपतिसँग भेट

भारत अघि चीन जाँदै प्रधानमन्त्री,भदौ १८ मा चिनियाँ राष्ट्रपतिसँग भेट
अ+ अ-

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन् । भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका हुन् ।

यही अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिन शहरमा आयोजना हुन लागेको सांघाई अर्गनाइजेशन (एससीओ) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री चीन जान लागेका हुन् । सम्मेलनलाई प्रधानमन्त्री ओलीले बिशिष्ट वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली सेप्टेम्वर ३ मा अर्थात् भदौ १८ मा राष्ट्रपति सी जिनपिंगले आयोजना गर्ने दिवा भोजमा सहभागी हुने र सोही दिन काठमाडौँ फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी तीव्र पारेको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिंगसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको पनि जनाइएको हो । नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदारको रूपमा रहँदै आएको छ ।

एससीओमा बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश छन् । एससीओमा नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू संवाद साझेदार हुन् । एससीओको शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक उच्चस्तरको सहभागिता हुन लागेको हो ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । सम्मेलनमा चीनले मोदीको सहभागितालाई उच्च प्राथमिकता दिएको छ । यसका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन् । प्रधानमन्त्री आगामी भदौको अन्तिममा भारतको औपचारिक भ्रमणमा जान लागेका छन् । त्यस अगावै उनको चीन भ्रमण पनि तय भएको हो ।