१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

रामेशलाई प्रश्नः सन्दुक र भगवानहरु यहीँ छन्, तपाइँले किन देश छोड्नुभयो ?

रामेशलाई प्रश्नः सन्दुक र भगवानहरु यहीँ छन्, तपाइँले किन देश छोड्नुभयो ?
अ+ अ-

काठमाडौं: हिजोदेखि नेपालका सामाजिक सञ्जालमा एउटा बहस बडो जोडतोडका साथ उठेको छ एकजना चिकित्सक रामेश कोइरालाले देश छोडे भनेर । उनले उपकुलपति पदमा नियुक्ति चहन्थे रे, नपाएपछि अमेरिका पुगेर राजीनामा पठाए रे । चर्चाको विषय यही हो ।

यसको निकै चोटिलो र छोटो मिठो जवाफ दिएका छन् राप्रपाका नेता रविन्द्र मिश्रले । आफ्नो फेसबुक स्टाटसमा उनी लेख्छन् ‘वास्तवमा यो स्थिति आउनमा तपाइँहरु जस्ताको चरम राजनीतिक आग्रह त्यत्तिकै जिम्मेवार छ ।’

देश छोडेर पलायन भएको विषयलाई पनि संसारै छोडेजस्तो गरी उनले अरुले जस्तो लेखेका त छैनन्, तर फेसबुकमा सामान्य दुःख मनाउ भने गरेका छन् । आफूलाई फेसबुकमा तुच्छ शब्दमा तथानाम र भ्रामक कुरा लेखेर हैरान पारेपछि ब्लक नै गर्नुपरेको तथ्य पनि उनले खुलाएका छन् ।

गंगालाल अस्तालका मुटु रोगका यी चिकित्सकले बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपति चाहेका र त्यो नपाएपछि देश छोडेको कुरा आएको छ । उनले आफूले देश छोडेको कुरा फेसबुकमा लेखेका छन् र राजीनामा पनि फेसबुकमै राखेका छन् । तर पनि उपकुलपति नपाएको कुरा भने आफूले लेखेका छैनन् दोस्रो पटक पनि उनलाई त्यो नियुक्ति नदिइएको कुरा समाचारमा लेखाएका छन् ।

रविन्द्र मिश्रले भनेजस्तै यो स्थिति आउनमा के चरम राजनीतिक आग्रह नै हो त ? उनले पालेको चरम राजनीतिक आग्रह वास्तवमा उनको सामाजिक सञ्जालमा पनि स्पष्टसँगै देखिन्छ । अहिले उनका बारेका प्रतिक्रियाहरु मानिसहरुले दिइरहेको हेर्दा थाहा हुन्छ कि उनले यतिधेरै ट्वीटमा लेखिरहँदा विरामीको उपचार कुन बेला गर्थे ?

राप्रपाकै अध्यक्ष राजेन्द्र लिङदेन आफूलाई सामाजिक सञ्जालबाट रामेशले हैरान पारेको भनेका छन् भने आज बिहानदेखि रवि लामिछानेको एउटा पुरानो भिडियो आएको छ कि उनले रामेशले आफ्ना विरुद्धमा लेखेर दुःख दिएको कुरा पत्रकार सम्मेलन गरेरै जानकारी गराएका रहेछन् ।

अरु त भैगए राजनीतिक नेताहरु, डा रामेशले आफ्नै सिनियर चिकित्सक डा जागेश्वर गौतमलाई पनि के गरेका रहेछन् भन्ने कुरा उनी आफैँले ट्वीटरमा लेखेका छन् । आफू निर्देशक हुँदा स्वास्थ्यमन्त्री गगन थापासँग प्रसुती गृहको सबै सर्जरी फ्रि गर्ने योजनामा बनाएको र त्यो हुन नदिनेमा यिनै रामेश रहेको पनि उनले उल्लेख गरेका छन् । प्रत्यक्ष रुपमा उनले नभने पनि आफूले त्यसपछि राजीनामा दिएको र त्यसको साक्षी रामेश रहेको डा गौतमले बताएका छन् ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लेखेका ट्वीट पढ्दा पनि भान त्यस्तै हुन्छ । तीमध्येका केही यहाँ प्रस्तुत गरिएका ट्वीटहरु हेर्दा लाग्छ देउवाले केही कुरा मिडियामा बोले कि त्यसको प्रतिवादमा एउटा ट्वीट गरिहाल्दा रहेछन् । त्यो पनि निकै तुच्छ भाषामा र एउटा चिकित्सकको जस्तो मान मर्यादा पनि नराखेरै ।

स्वभावैले देउवा धेरै भाषण गर्दैनन्, नत मिडियामा अन्तर्वार्ता दिन नै खासै रुची राख्दछन् । तर पनि देउवा जति बोलेका छन् त्यो भन्दा बढी उनले ट्वीटमा एक हिसाबले गाली गलौज नै गरेका छन् । तर पार्टी सभापतिलाई यसरी लेख्दा पनि महामन्त्री गगन थापाका बारेमा भने उनले बखानै गरेका हुन्छन् । तर तिनै रामेशलाई आफैँ स्वास्थ्यमन्त्री हुँदा पनि गगन थापाले उपकुलपति बनाएका थिएनन् । समाचार स्रोत भन्छ वर्तमान स्वस्थ्यमन्त्री प्रदीप पौडेल पनि उनलाई उपकुलपति बनाउने पक्षमा थिएनन् । मन्त्री पौडेल र रामेश साथी हुन्, त्यसैले रामेशले औपचारिक बैठकहरुमै धेरैका अगाडि मन्त्रीलाई तिमी भनिदिन्थे । यसले प्रदीपलाई अप्ठेरो महसुस हुने गरेको थियो ।

पार्टीका सभापतिमाथि यो हर्कत गर्ने अनि उनैले नियुक्ति दिएनन् भनेर समाचार लेखाउने र देश छोड्ने कति तर्कपूर्ण काम हो ? हुनत सबै चिकित्सकले राजनीति नै गर्नुपर्छ भन्ने छैन, यो देशमा कैयौँ प्रतिष्ठित र नाम चलेका चिकित्सक छन् दशकौँदेखि देश र नागरिकको सेवा गरेका, तर उनीहरुको पार्टी कुन हो भन्ने कुरा आजका दिन सम्म पनि खुलेको छैन ।

यसो भनेर मैले रामेशको राजनीतिक अधिकार माथि कुनै प्रश्न गरेको होइन, गर्न पनि मिल्दैन । उनले कांग्रेस पार्टी रोज्न पाउँछन् रोजे । तर यदि पार्टीमै बस्ने हो भने त त्यही पार्टीका अध्यक्षलाई सामाजिक सञ्जालमै गालीगलौज गर्न पाइएला र ? यसो गर्न पाइने विधानको व्यवस्था कुनै पार्टीमा पनि छैन । अनि पार्टीका अध्यक्ष या प्रमुख व्यक्तिलाई गालीगलौज नै गर्ने अनि फेरि कतिपय पदाधिकारीलाई चाहिँ हाइहाइ गर्ने उनको संस्कारलाई कसरी अर्थ लगाउने ?

उनले हिजो अमेरिकाबाट राजीनामा पठाउँदा मेरो दिमागमा एउटा जिज्ञासा जन्मिएको छ कि आज सन्दुक रुइत, भगवान कोइरालाहरुले पनि यसरी पदका लागि राजीनामाको बार्गेनिङ या सौदाबाजी गरेको भए उनीहरुको उचाइ के यहाँसम्म पुग्थ्यो त ?

सम्झिन्छु रामेशले काठमाडौँको मुटुमा रहेको मुटुरोग अस्पतालमा सरकारी जागिर खाँदै ट्वीट गरिरहँदा सन्दुकले भने ताप्लेजुङ, तेह्रथुम, खोटाङतिरका विकट गाउँहरुका बृद्धबृद्धाहरुका आँखामा ज्योति भरिरहेका हुन्थे । तर आजको वास्तविकता यो को कि उनीहरु कहिल्यै सरकारी जागिर या नियुक्तिको मोलमोलाई गरेनन् । नत, यो वा त्यो पद नदिने हो भने देश छोड्छु पनि भनेनन् ।

 

सन्दुक र भगवानहरु अमेरिका नभास्सिएर पनि देशको सेवा गरिरहेकै छन्, उनको कद झन् बढेको छ, घटेको छैन । सेवा गर्ने ठाउँ देशमा धेरै छन् जहाँ चित्रप्रसाद वाग्ले जस्ता चिकित्सकहरु पनि घरगाउँमै पुगेर नागरिकका मनमुटुको सेवा गरेका थिए । खै, उनीहरुलाई कहिल्यै रामेशलाई जस्तो देश छोड्न मन लागेन नत सरकारी जागिरको अवसरकै पछि लागे ।

देशको माया हुनेले अहिले विदेशमा भएका प्रतिभाहरुलाई स्वदेश फर्किन सन्देश दिने हो, तर पनि मैले त देश छोडेँ तैँले पनि छोड् भन्ने जस्तो आसयले विदेशबाट राजीनामा पठाउने होइन । उनले दिन खोजेको सन्देश देश बनाउन युवाहरुलाई स्वदेशमै रहनु भन्ने हो कि अरु नै केही हो ? मैले बुझ्न सकेको छैन ।

अनि नेपाली समाजले पनि विदेशिएकाको हाइहाइलाई यसैगरी ललकार्ने कि देशभित्रै भविष्य छ भन्ने ? रामेश कसरी लखेटिएका हुन् र ? उनी सरकारी अस्पतालका जागिरे होइनन् र ?

नियुक्ति भन्ने कुरा त मागेजति र आफूलाई चाहिएजति उनले मात्र होइन अरुले पनि पाएका छैनन् । त्यसैले त थप अर्थात् अतिरिक्त पद नपाउँदैमा समाचार लेखाएर विदेशबाटै राजीनामा पठाउने उनको प्रवृत्ति मन नपराउने पनि सामाजिक सञ्जालमा धेरै देखिएका छन् ।