५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी
अ+ अ-

मुगु। छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ बजेटसभामा कुनै पनि एजेण्डा छलफल नगराई एकलौटी छलकपट, जालझेल गरेर सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षले अनिश्चितकालका लागि नगरपालिकाको कार्यालयमा तालबन्दी गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ को १७औँ बजेटसभा विभिन्न विषयमा निर्णय गर्दा सभाका अध्यक्ष विष्णुकुमार भामले सभामा कुनै पनि ऐजेण्डा प्रस्तुत र छलफल नगराई छलकपट गरेको आरोप लगाउँदै वडाध्यक्षले आज नगरपालिकामा तालबन्दी गरेको हो ।

वडा १४ अध्यक्षमध्ये तीन जना जिल्ला बाहिर भएका र नगरमा रहेका ११ जना वडाध्यक्षले प्रमुख विष्णुकुमार भामले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि २०७४ को परिच्छेद ५ को दफा ३ बमोजिम काम नगरेको भन्दै  अनिश्चितकालका लागि नगरपालिका तालबन्दी गरेको ११ जना वडाध्यक्षले गरेका हुन् ।

छायाँनाथ रारा नगरपालिका–२ कार्यालयमा जम्मा भएका ११ जना वडाध्यक्षले नगरपालिकाबाट अन्य पालिकामा सरुवा भई जाने वडा सचिवले वडा कार्यालयको सरुवा आर्थिक तथा भौतिक गतिविधि बरबजुवात नगराई मिलेमतोमा उनीहरूलाई रमान पत्र दिएकाले आव सुरू हुँदै गर्दा सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले यसको जिम्मेवारी स्वयं नगरपालिकाले लिनुपर्ने र वडाको दैनिक कामकाज सञ्चालन गर्न तत्काल करार कर्मचारीको व्यवस्था गर्नुपर्ने छायाँनाथ रारा नगरपालिका–२ का वडाध्यक्ष परेकराज चौलागाईंले बताए ।

यता प्रमुख विष्णुकुमार भामले कार्यविधिविपरीत कुनै पनि निर्णय नगरिएको जिकिर गरेका छन् । उनले भने“मैले कुनै सभा र निर्णय जालझेल गरेको छैन, उहाँहरू (वडाध्यक्ष) आफै  सभाहरूका निर्णयमा दस्तखत गर्नुभएको छ । सभामा आफैँ निर्णय गर्ने बाहिर आफैँ विरोध गर्ने के स्वार्थले यस्तो गरिरहनुभएको छ मलाई त अचम्म लागेको छ ।”

सभा सकिएको हप्ता दिन पछि जिल्लामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नभएका बेला निराधारा आरोप लगाएर ताला लगाउनु बेमौसमी बाजा भएको र सभामा गरेका र पास गरेका निर्णयमा गरेका दस्तखत र सभामा सहभागी भत्ता बुझेको भर्पाइ हेरे सबै छर्लङ्ग हुने नगरप्रमुख भामले बताए।

मौखिक माग राखी वडाध्यक्षले कार्यालयका सबै कक्ष र शाखामा ताला लगाएकाले आज नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको र बिहीबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सहजीकरणमा आन्दोलनरत वडाध्यक्षसँग बसेर ताला खोल्ने र माग सम्बोधनबारे निकास खोजिने निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले बताए ।